पाँचथर नरसंहारमा बाँचेकी सीता खजुमलाई एनआरएनए मलेसियाद्वारा १ लाख सहयोग
काठमाडौँ । गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको परोपकारी परियोजनाअन्तर्गत पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ ।
सोमबार काठमाडौँमा एक कार्यक्रमबीच सीताकी आमा बुद्धमाया फियाकलाई सो रकम हस्तान्तरण गरिएको हो ।
एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।
सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ हत्याकाण्डको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए ।
सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सही सदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए ।
गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा आश्रित मानवमुक्त जिल्ला कायम राख्न जुट्यो कास्की
-
श्रम शक्तिको विकासबाट नै समृद्ध सम्भव छ : मुख्यमन्त्री कँडेल
-
दैलेख प्रशासन कार्यालयभित्रै ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालनमा
-
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु, आगो अझै नियन्त्रणबाहिर
-
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
-
श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो : पूर्वराष्ट्रपति भण्डारी