पाँचथर नरसंहारमा बाँचेकी सीता खजुमलाई एनआरएनए मलेसियाद्वारा १ लाख सहयोग
काठमाडौँ । गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको परोपकारी परियोजनाअन्तर्गत पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ ।
सोमबार काठमाडौँमा एक कार्यक्रमबीच सीताकी आमा बुद्धमाया फियाकलाई सो रकम हस्तान्तरण गरिएको हो ।
एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।
सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ हत्याकाण्डको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए ।
सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सही सदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए ।
गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण