चीनका नीतिकथा : धैर्य
एकजना पढाकु लोकसेवा पास गरेर सरकारी अधिकृत पदमा नियुक्त भयो । नियुक्तिको खुसियालीमा उसले साथीहरुलाई चियापार्टी दियो । पार्टीमा एकजना हितैषीले भन्यो, “तिमी बढी जनसम्पर्क हुने अड्डामा हाकिमको काम गर्न जाँदैछौ, तिमीले हरेक क्षण धैर्यले काम लिन सक्नुपर्छ ।”
“ठीक हो, मैले पनि त्यसरी नै बुझेको छु, पढाकुले बडो उत्साहका साथ हितैषी–साथीको सुझाव सकार्यो ।
एकछिनपछि मित्रले पुनः त्यही सुझाव दोहोर्यायो । पढाकुले पुनः मुस्कुराउँदै त्यो सुझाव सकार्यो ।
एकछिनपछि मित्रले पुनः त्यही सुझाव दोहोर्यायो । पढाकुले पुनः मुस्कुराउँदै त्यो सुझाव सकार्यो ।
हितैषीले फेरि दुई पटक त्यही सुझाव राख्यो । अबको पटक पढाकुसित पहिले जसरी सुझाव सकार्ने धैर्य रहेन । “के तिमी मलाई बुद्धिहीन लफङ्गो ठान्छौ ? नत्र एउटै सुझाव ४ पटकसम्म दाहो र्याउन किन आवश्यक पर्छ हँ ?”, पढाकु गर्ज्यो ।
हितैषी मित्रले भन्यो, “मेरा बुद्धिमान् र विद्वान् साथी, धैर्य लिनु भनेको कुनै सजिलो र मामुली कुरा हैन बुझ्नुभयो ? मैले सकारात्मक कुरा तीन पटक दोहोर्याउँदा त तपाईंसँग त्यो सुन्ने धैर्य रहेन । अब थप सोंच्नोस् त !”
हितैषी मित्रको यो प्रतिक्रियाले पढाकु अधिकृत अलमलमा पर्यो । केही बोल्न सकेन । पार्टीमा उपस्थित सबैजना उसलाई हेरेर मुस्कुराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा