मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न

सोमबार, ०९ भदौ २०७६, २० : ११
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट मिट टूगेदर अहेड सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । 

बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ र समर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो ।  उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो । 

उक्त इभेन्टको मुख्य आकर्षणको रुपमा बाल्ट्राले ए.सि., स्मार्ट टीभी, म्यूजिक सिस्टम, डिप् फ्रिज, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन लन्च गरेको थियो ।  मनोरञ्जनले भरिपूर्ण उक्त डिलर मिटमा उत्कृष्ट डिलरहरुलाई अवार्डद्वारा सम्मानित गरिएको थियो ।   

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १५ वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप