बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा ‘ओयो लाइट’ एप सार्वजनिक

बुधबार, ११ भदौ २०७६, १६ : ५६
बुधबार, ११ भदौ २०७६

काठमाडौं– ओयो होटल्स एण्ड होम्स भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ । 

नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको छ र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको छ । ८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्टि अनुभव प्रदान गर्दछ । 

यसलाई सार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो¥याउदै आइरहेको छ ।ओयोले एक ट्यापमै प्रविधिमार्फत गुणस्तरीय तथा सुलभ आवास प्रदान गरिरहेको छ । यो लाइट एप ल्याउनाले यस तथ्यलाई मज्बुत बनाउछ कि ओयोमा प्रविधि गहिरो रुपमा सम्मिलित गरिएको छ र यसले सम्पूर्ण क्षेत्रमा अतिथिहरुको अनुभव बढाउन मुख्य भूमिका निर्वाह गरेको छ ।

ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत, अनिल गोयलले भने, ‘ओयोमा प्रविधिमार्फत हामी अतिथिहरुलाई निबोर्ध, सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गर्न प्रतिबद्ध रहेका छौं ।’उनले भने, ‘लाइट एप यस दिशातर्फको एक कदम हो, जसले एक ट्यापमै यात्रुहरुलाई नेटवर्क र गुणस्तरीय आवासको उपलब्धताको बारेमा कुनै चिन्ता बिना अन्तिम घडिमा यात्राको योजनाहरु बनाउन समर्थन गर्दछ । बजेटदेखि लिएर मध्यम वर्ग खण्डका अधिकांश यात्रुहरुको मुख्य चिन्ता सुरक्षा, गुणस्तर, स्थान र मूल्य रहेको बेला ओयोले प्रविधिको संयोजनबाट र यी सब चिन्ता समाधान गरेर हरेक ठाउँमा एक उत्तम स्थान सृजना गर्न मद्दत पु¥याइरहेको छ ।’

ओयो लाइट एप ८०० केबी भन्दा कम परिमाणको छ जुन हालको ओयो एप भन्दा परिमाणमा ७% ले कम छ । ओयो लाइट हालै सार्वजनिक गरिएको हो र एन्ड्रोइड फोनमा विश्वभरका प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ । 

नेपालमा ओयो श्रृंखलामा ३३० भन्दा बढि फ्रयानचाइज्ड होटल तथा ५५०० भन्दा बढि कोठाहरु रहेका छन् । स्थानीय प्रतिभा कार्यान्वयन गरेर ओयोले निरन्तर देशभर आफ्नो पदचिन्ह फैलाइरहेको छ, साथै नेपालको अतिथि अद्योगमा अमुल्य आयाम थप्न आफ्नो प्रतिबद्धता बारम्बार दोहो¥याउदैँ आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप