प्रतिनिधि सभा बैठकको सुरुवातमै कांग्रेसको नाराबाजी र अवरोध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ । साँझ ६ बजे सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
संसद् बैठक सहज ढंगले सञ्चालन गर्नका लागि बिहान ११ बजेको बैठक पछि सारेर सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए भने सत्तापक्ष दल र प्रतिपक्ष दलका बिचमा संवाद भएको थियो ।
तर संसदीय छानबिन समिति बनाउने, गृहमन्त्रीलाई संसदमा बोल्न दिने विषयमा सहमति जुट्न सकेन । गृहमन्त्री लामिछानेले आफूविरुद्ध संसदमा विपक्षी दलले प्रश्न उठाएपछि आफूले बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् भने कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
प्रतिपक्षी दल कांग्रेसले जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न दिएपनि उनलाई धन्यवादको प्रस्ताव पारित गर्न समेत संसद् अवरुद्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण