संसद् बैठक
प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
बिहीबार, ०३ जेठ २०८१, १८ : १२
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी र अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबिच धकेलाधकेल समेत भएको थियो ।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउका बिच घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र समेत वाचन गरेका थिए । सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण