आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केहि भुइँफुट्टा वर्गले हाम्रा चाडपर्वको अपहरण गर्दैछन्: मन्त्री बराल

बिहीबार, १२ भदौ २०७६, १८ : ११
बिहीबार, १२ भदौ २०७६

बुटवल– प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं, तिहार, जन्मदिन, माघेसक्रान्ती, नयाँ बर्ष, क्रिसमस मनाउने चलन फरक चलाएको बनाइएको छ, हामीले उनीहरुकै शैली अपनाउँदा चाडपर्वहरु अपहरण भए, अब मैलिकमै रहेर यसप्रकारको चाडवाडहरु मनाउनुपर्छ । ’

पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा रहेको उनको चिन्ता छ । उनी भन्छन्– ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदैछन्, हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ सोहीअनुसार मनाउनुपर्दछ ।’

‘केहि भुइँफुट्टा वर्गले हाम्रा चाडबाडलाई अपहरण गरिरहेका छन्, हामीले अब यसलाइ रोकेर मौलिक ढंगले मनाउनुपर्छ, लोप हुन दिनुहुँदैन ।’ तीज मौलिक, सांस्कृतिक तथा सामाजिक पर्व भएकाले सबैले आ–आफ्नै स्थान र हैसियतअनुसार मनाउनुपर्नेमा उनले जोड दिए ।

उनले एक वर्गले तीज मनाउँदा अर्काे र समुदायलाई असर गर्न नहुनेमा मन्त्री बरालको जोड छ । नेपाल बार एशोशियन बुटवलकी पूूर्व अध्यक्ष मिना पाण्डेले तीज सभ्य बन्दै गएको र यसलाई जनचेतना जगाउने पर्वको रुपमा विकासित गर्नुपर्ने बताइन् ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी सहायक क्याम्पस प्रमुुख रिता रेग्मीले महिलाहरुको खुसीयालीको पर्वलाइ सबैले सहयोग गरेर मनाउन दिनुपर्ने बताइन् । उनले संस्कृतिको जगेर्ना गर्ने पर्वमाथि आक्रमण शैह्य नहुने बताइन् । सञ्चारिका समूह प्रदेश ५ की अध्यक्ष अमृता अनमोलले पुरुषहरुले दीदिबहिनीको चाडबाडमा साथ नदिएर नाचगान रमाइलो गरे भन्दै विरोध गर्दै हिड्नु गलत संस्कार भएको बताइन् ।

उनले ऐन नियमले मात्रै नभएर संस्कारले समाज परिवर्तन हुने धारणा राखिन् । नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले रुपन्देही प्रशासनले तीजमाथि कडाइ गर्नु दूर्भाग्य भएको बताइन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप