नेपाली चलचित्रको तीन दिने प्राज्ञिक कन्फरेन्स हुने

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा यही भदौं २६, २७ र २८ गते तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना हुने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कन्फरेन्समा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम हुनेछन् ।
त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुने आयोजकले एक बिज्ञप्ती मार्फत जनाएको छ ।
विज्ञप्तिका अनुसार सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा.हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पिच’ पनि समेटिने छ ।
नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ ।
यो कन्फरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास आयोजकले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे