बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिटरब्याज लगाउँदै ठगी गर्ने श्याम परदेशी पक्राउ

आइतबार, १५ भदौ २०७६, २० : ५६
आइतबार, १५ भदौ २०७६

काठमाडौं – पैसा ब्याजमा लगाई  (मिटरब्याज) ठगीगरेको आरोपमा सर्लाहीका श्याम परदेशी पक्राउ परेका छन् ।  प्रदेशीलाई आइतबार साझ ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो । 

उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो । 

गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए ।

यो पनि पढ्नुहोस्:

सर्लाहीका श्याम परदेशीबाट ६ करोड बढी ठगिएकाहरुको काठमाडौंमा धर्ना​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप