शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, के छ ‘प्राइस ड्रप’ अफरमा ?

सोमबार, १६ भदौ २०७६, १६ : ०६
सोमबार, १६ भदौ २०७६

काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । 

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको र नेपाल विशेष प्राथमिकता बोकेको बजार भएको बताए । उनले नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी भएको भन्दै महान चाड बडा दशैँ उपभोक्तासँग खुशी साट्दै  मनाउने सोचका साथ ‘बडा दशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेको बताए ।

क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो स्पेस आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट हुनेछ । 

छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

उपहार योजना अवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना हुनेछ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । 

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ । 

एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफर

दशैँको अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’ क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ ।


यस अफर अन्तर्गत अब एफ११ प्रोको मूल्य ४१ हजार ९ सय ९०, एफ११ को ३१ हजार ९ सय ९० र आर१७ प्रो ५९ हजार ९ सय ९० निर्धारण गरेको छ । 

पहिले यी मोबाइलको मूल्य क्रमशः ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सूची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप