मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मोरङका समिर फुयाललाई ग्लोकल टीन हिरोको उपाधि

सोमबार, १६ भदौ २०७६, १६ : ३०
सोमबार, १६ भदौ २०७६

काठमाडौँ– ग्लोकलद्वारा आयोजित “ग्लोकल टीन हिरो २०१९“ को  उपाधि मोरङका समिर फुयालले जितेका छन् । उनले ५९८ जनामध्येबाट उपाधि जित्न सफल भए । कार्यक्रममा ७ जना निर्णायक टोलि छनोट प्रक्रियामा सहभागि भएका थिए ।

यस वर्ष देशभरिका प्रभावशाली किशोरकिशोरीबाट कुल ५९८ आवेदन आएका थिए र हरेक आवेदन आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नबिन आयाम बोकेको र प्रेरणाका परिपुरक थिए । 

सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको थियो । आवेदकहरुले आफु समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु गरेर आफ्नो कौशलता दर्साएका छन् ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो ।

ग्लोकल टिन हिरो २०१९ पाचौं संस्करण हो र यस कार्यक्रमले प्रतिभाशाली किशोर किशोरीको छनोट गरी उनीहरुलाई अझै निखार्न मद्दत पुर्याएको छ । बिपना शर्मा, १७ बर्षको उमेरमा प्रथम ग्लोकल टिन हिरो बन्न सफल भएकी थिइन, २०१५ मा प्रथम पटक आयोजना भएको थियो । उनि बालअधिकार अभियता थिइन् । 

दोस्रो संस्करणको उपाधिको बिजेता सन्तोष लामिछाने रोवोट निर्माता थिए । त्यसैगरी १८ वर्षीय सामाजिक अभियता सचिन डाँगी २०१७ को टिन हिरो बिजेता बनेका थिए भने २०१८ को उपाधि १८ वर्षकी सामाजिक अभियता एवं युट्युवर प्रशंसा के.सीले हासिल गर्न सफल भएकी थिइन ।

२०१५ मा सुरुवात, काठमाडौँमा मात्र सिमित भएको ग्लोकल टीन हिरो उपाधि अहिले देशभारिका किशोर किशोरीहरुबीच पुग्न सफल भएको छ । यो वर्ष ६०,००० किशोरकिशोरीले प्रतक्ष्य रुपमा यस कार्यक्रमको बारेका जान्ने मौका पनि पाएका थिए । यसका लागि ग्लोकलबाट जनचेतना तथा सूचनाप्रभाह एवं सूचना प्रदान गरिएको थियो ।

७ जना निर्णायक मण्डलले उनीहरुको कामको प्रभावकारिता एवं उपलब्धिका आधारमा उत्कृस्ट ६ को छनोट गर्नुभएका थियो । आवेदकहरुबाट प्राप्त भएको बायोडाटा, प्रमाण र उपलब्धिको बारेमा लेखिएको निबन्धको आधारमा उनीहरुको छनोट भएको थियो । यी छनोट भएका ६ जना प्रतिस्पर्धीहरुले ७ दिन लामो व्यक्तित्व विकास तालिम लगाएत विविन्न संस्थाको अवलोकन पनि गरेका थिए । 

उनीहरुले देशको ठुलठुला कम्पनीमा भ्रमण गर्दै त्यहाँको संचालनका बारेमा जान्ने मौका पाएका थिए । भोटिङ राउण्ड र प्रतिस्पर्धीको हुने छुट्टाछुट्टै अन्तरवार्ताको आधारमा यो वर्षको ग्लोकल टिन हिरो छानिएको हो ।

ग्लोकल टिन हिरोको पुरस्कार समारोह सेप्टेमबर १ का दिन राजनीतिज्ञ, कलाकार,उद्यमशील व्यक्तित्व, युवा नेताहरु, संचारकर्मी, पत्रकार, फिल्मी कलाकार गरी २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा भएको थियो ।  

यी युवाहरुले आफ्नो प्रतिभाको सम्मान एवं संसारमाझ आफुले लिएको प्रतिबद्ता देखाउने अनगिन्ति मौका अनि अवसर पनि पाउने गर्छन । उनीहरुको यो कार्यक्रम पछिको जीवनमा धेरै अवसरहरुले उनीहरुको ढोका ढकढकाउने कुरालाई नकार्न सकिदैन । यी सम्पूर्ण अवसरहरुले उनीहरुलाई  उज्यालो भविस्य तर्फ डोराएर अझै आत्मबिश्वाशका साथ समाज रुपान्तरनका आफ्ना कार्यहरु गर्न उत्साह थप्ने गर्छ ।

ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन सम्पन्न

ग्लोकलले सेप्टेम्बर १ कै दिन ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न गरेको छ । राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । 

यसबर्षको सम्मेलन ग्लोकलको तेस्रो संस्करण रहेको थियो भने अफगानिस्तान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, पोल्याण्ड, पाकिस्तान तथा भियतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा भाग लिन नेपाल आएका थिए । 

उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक द्रिष्टिकोण रहेको थियो । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप