तीजकै दिन ३ महिला नदीको भेलमा बेपत्ता
सोमबार, १६ भदौ २०७६, १९ : ३७
बुटवल– कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को मर्थीनदीको सन्तघाटमा नुहाउने क्रममा नदीको भेलमा परेर ३ जना बेपत्ता भएका छन् ।
तीजका अवसरमा नदीमा नुहाउन गएका शुद्धोधन गाउँपालिका ६ बेलभरियाकी २५ वर्षीय तारामति कोहार, सोहि स्थानकी १५ वर्षीय तारा कहाँ र र धनश्यमाम रैदासकी ८ वर्षीय छोरी खुस्बु रैदास भेलमा बगेको जिल्ला प्रहारी कार्यालयक कपिलवस्तुले जनाएको छ ।
भेलमा बगेका उनीहरुको खोजीका लागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । यता घटनाको स्थलगत अवलोकनका लागी प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दिपशम्सेर जबरा, शसस्त्र प्रहरी २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी सहितको टोली घटनास्थलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण