राष्ट्र बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने
काठमाडौं- नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सो कुराको जानकारी दिएको हो ।
बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ९२ लाख मुद्दति निक्षेपमा राख्न दिने भएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने सर्त राखेको छ ।
यस्तै निकटतम आर्थिक वर्षमा सञ्चालन मुनाफा कमाएको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी भएको, लगानी गर्ने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत कारवाही नपरेको वा समस्याग्रस्त घोषणा भएको हुनु नहुने उल्लेख छ ।
केन्द्रीय बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा दिने व्याजदरसमेत उल्लेख गरी यही भदौ १९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण