डोरियन आँधीबाट बहमासमा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
बिहीबार, १९ भदौ २०७६, १६ : २८
एजेन्सी– संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।
बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ को संज्ञा दिएका थिए । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।
बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । यस आँधीबाट लाखौ मानिस प्रभावित भएका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण