देशैभर रेडक्रस दिवस मनाइयो
काठमाडौं – मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस विहीबार देशैभर विविध कार्यक्रम गरि मनाइएको छ ।
नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको तस्विरमा माल्र्यापण गरी सोसाइटीका अध्यक्ष संजीव थापाले दिवसको शुरुवात गरेका थिए । अध्यक्ष थापाले भने, ‘यस वर्षको मूल नारा “माया” ले हामी रेडक्रस प्रेमीलाई एक बनाउन मद्धत गरिरहेको छ ।’
महामन्त्री धाख्वाले दिवसको सान्दर्भिकताबारे बोल्दै नेपाल रेडक्रसले सबैको सहयोग पाइरहेको र समुदायको मायाले नै रेडक्रस अगाडि बढेको धारणा व्यक्त गरे ।
रेडक्रसको अन्तराष्टिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तराष्टिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पिताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्नुहुदै यसलाई अझै सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्यारथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरुलाई सोसाइटीका अध्यक्ष संजीव थापा र महामन्त्री देवरत्न धाख्वाले आजै पुरस्कार र प्रमाण पत्र वितरण गरे । माया झल्काउने फोटोतर्फ धनकुटाका हरी राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा प्रेरणादायी फोटोतर्फ कमल बास्तोला र रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल,पुरस्कृत भए । नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरु तर्फ कक्षा ८ र एसइई परिक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे ।
यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गर्नुभएका नौजना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्मकला मिश्र, माधवप्रसाद गुनी, मानवहादुर सिंह, इश्वरी पन्त, दुर्गा वेलवासे, हुतराज भट्टराई र नारायण शाही रहेका छन् ।
२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण