जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेका बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गरेको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
“हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा बिमस्टेक गभ्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले बिमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिए ।
राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरूबिच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्त्व दिएको बताए । ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी बिमस्टेक क्षेत्रको साझा समृद्धिको महत्वकांक्षा पूरा गर्न सहयोग पुर्याउने उच्च सम्भावना भएको क्षेत्रहरू भएको उनको भनाइ थियो ।
सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन बिमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि बिमस्टेकले काम गरिरहेको बताए । उनले संस्कृति, पर्यटन र भिसा सम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण