बारम्बार मोबाइल तातिरहेको छ ?
काठमाडौँ । गर्मी महिनामा फोन तात्ने समस्या अलि बढी नै हुन्छ । तपाईंको फोन पनि बारम्बार तातिरहने समस्या आइरहेको छ कि ? फोन तातेको छ भने सबै एपहरूलाई बन्द गरेर फोन तत्कालै अफ गर्नुस् । यस्तो गर्दा फोनमा थप दबाब पर्दैन ।
बिस्तारै सेलाउँदै जान्छ । घाममा फोनको प्रयोग गर्नु हुन्न । फोनलाई बाहिरी तातोबाट सकेसम्म टाढा राख्नु पर्छ । यसो गर्दा फोन तात्न थाल्छ । फोन केस वा कभरका कारण फोनको तातो बाहिर निस्किन पाउँदै र फोन झनै तातिन थाल्छ । कहिलेकाहीँ ब्याट्रीमा देखिने समस्याका कारण पनि फोन तातिएको हुन सक्छ ।
फोन डेटा वा वाईफाईमा चलिरहेको छ भने नेटवर्क बन्द गरेर हेर्नुस् । कहिलेकाहीँ यत्ति गर्दै पनि फोन चिसो हुन थाल्छ । लगातार नेटवर्क सर्च गर्दा पनि फोन तातिन्छ । कहिलेकाहीँ चाँहि फोन अपडेट नगर्दा पनि तात्न थाल्छ । फोनमा केही अपडेट आइसकेको छ भने त्यसलाई इन्ष्टल गरिहाल्नुस् । फोन तात्ने समस्या जे गर्दा पनि कम भएन भने फ्याक्ट्री रिसेट गर्नुस् । तर फ्याक्ट्री रिसेट गर्नु अघि डेटा ब्याकअप राख्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण