काँग्रेस नेता पौडेलले भने- जाबो किरा मार्न नसक्ने पनि सरकार !
पोखरा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको काममाथि प्रश्न चिह्न उठाएका छन् । कांग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको कडा आलोचना गरे ।
‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखे । ‘यल्ले मेसै पाएको छैन । यसलाई काम गर्ने मेसो छैन,’ उनले भने ।
०५० मा तराईंका पाँच जिल्लामा बाढी आउँदा नेपाली कांग्रेसले तत्काल उद्दारमा खटिएको उनले स्मरण गरे । ‘भत्किएर विध्वंस भएको ठाउँमा नेपाली काँग्रेसले तत्काल उद्दारमा खटिएर एक वर्षभित्रमा जस्ताको त्यस्तै बनाएको थियो,’ उनले भने, ‘सबैलाई क्षतिपूर्ति दिएर पीडा निको पारेको थियो ।’ ०७२ सालको भूकम्प पीडितको घाउलाई सरकारले अझै पनि निको पार्न नसकेको उनको भनाई छ ।
सरकारले एकातिर सपना देखाएर अर्कैतिर काम गरेको उनको आरोप छ । जनतालाई निराश पार्ने काम सरकारले गरि रहेको उनले बताए । ‘यो सरकार वास्तवमा असफल भई सकेको छ । दुई तिहाई मतको घोर दुरुपयोग गरि रहेको छ,’ उनले भने ।
सत्तामा पुग्ने बित्तिकै नेकपाले अरुमाथि थिचोमिचो गरेको उनको आरोप छ । साथै अर्बौको भ्रष्टाचार भई रहँदा अख्तियारले के हेरेर बसेको छ भन्दै उनले प्रश्न गरे । ‘ठुला टाउकेहरुले भ्रष्टाचार गरि रहेका छन्,’ उनले भने, ‘यत्रो भ्रष्टाचार भई रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’ दुई तिहाईले अदालत र अख्तियारलाई समेत तसाएको उनले आरोप लगाए ।
सबैको ध्यान कास्कीमा
फरक प्रसंगमा नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा सबैको ध्यान खिचिएको उल्लेख गरे । मंसिर १४ मा हुन लागेको चुनावलाई लिएर सबैको ध्यान खिचिएको उनले सुनाए । ‘सबैको ध्यान कास्की २ मा छ,’ उनले भने, ‘साथीहरु मैले टिकट पाइन भनेर टिकटको जालोमा फस्नु साटो काँग्रेसलाई कसरी जिताउने भनेर लाग्नुस् जित काँग्रेसकै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण