शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा

मङ्गलबार, २४ भदौ २०७६, १९ : ३२
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– गतबर्ष जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ ले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै आयोजक सूर्य कर्पोरेसन लिमिटेडले ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा गरेको हो । अभिनय, गायन, नृत्य र हाँस्य विधामा रहेर अवार्ड आयोजना गरिने आयोजकले जनाएको छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा,अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने,गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाईं, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान,निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । 

अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउँनेछन् । अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप