१) अनुत्तरित प्रश्न त्यो देश र दैत्यको कुस्तीमा देशलाई उत्तानो पार्दै दैत्य देशलाई घोप्टो पारेर देशको छातीमा टेक्तै छ निरन्तर तिखा–तिखा नङ्ग्राहरू आइरहेछन् देशतिरै क्रमशः देश र दैत्यको दूरी घट्दै छ ल... ल... ल... ऐया ! ए ! दैत्यले फेरि एकपटक देशलाई घोप्टो पारेर छातीमा थिचेको पो रहेछ । म चिच्याएकोमा नरिसाउनुस् है...