केन्द्रीय संस्करण

ह्याम्स अस्पतालको एक दिने तालिम सम्पन्न

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0

काठमाडौँ । ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भीर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम सम्पन्न गरेको छ ।

एक दिने कार्यक्रममा  कार्यक्रममा वरिष्ठ चिकित्सक अनुपराज सुवेदीले रोगका किटाणु ,मानव शरीरमा हुने बिभिन्न प्रकारका किटाणुहरु र मानव स्वास्थ्यको सम्वन्धका बारेमा अनुसन्धानमुलक जानकारी गराएका थिए ।

साथै डा.मनोज बोहोराले पक्षघात हुँदा अहिलेको मेडिकल साईन्स अनुसार अपनाउनु पर्ने विविध प्रकृयाको बारेमा विशेष जानकारी गराएका थिए । हस्पिटलका अर्का वरिष्ठ चिकित्सक विराज पराजुलीले बालबालिकामा हुने डेङ्गी रोग र गम्भिर प्रकृतिको रोग लागे पछि गर्नु पर्ने सघन उपचार पद्धतिको बारेमा जानकारी गराएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. बुद्धि बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न तालिममा ह्याम्स हस्पीटलका प्रो.डा.भगवान कोइराला, प्रो.डा.अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा.भास्कर राजपन्त लगायतका वरिष्ठ चिकित्सकहरुको सहभागिता थियो ।

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...