प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
बुटवल । प्युठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडामा सुत्केरी महिलाको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् ।
१७ वर्ष अगाडि भएको सो हत्या घटनाका २ जना आरोपित अझै फरार रहेको प्रहरीले बताएको छ । यस्तै एक जना आरोपितको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
स्थानीय ३० वर्षीया हरिकला बुढाथोकीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि आरोपितहरूलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएकी बुढाथोकीको लुम्बिनी प्रादेशिक अस्पताल (तत्कालीन लुम्बिनी अञ्चल अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा ६७ वर्षीया हुमि कुमारी देवी सारु, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरी बुधबार प्युठान जिल्ला अदालतमा पेस गरिएको छ ।
उक्त घटनामा संलग्न ५३ वर्षीया निमिसरा राना र ४३ वर्षीया तारा बहादुर सारु अझै फरार रहेको प्रहरीले जनाएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपित ५३ वर्षीया हुमीकुमारी रानाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
बुढाथोकीका श्रीमान् धुर्वराज बुढा मगर रोजगारका लागि भारत गएको १४ महिनापछि हरिकलाले बच्चा जन्माएपछि अवैध सम्बन्ध राखेको भन्दै कुटपिट भएको थियो । सुत्केरी अवस्थामै कुटपिटबाट बुढाथोकीको ज्यान गएको थियो भने जन्मेको ५ दिनमै शिशुको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण