एलिसा भइन् मिस ई–कलेज विजेता
काठमाडौँ । सिजन मिडिया आयोजक रहेको ‘मिस ई–कलेज २०१९’को ताज ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले जितेकी छन् । उनले शीर्ष उपाधि सहित मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्डसमेत हात पारेकी छन् ।
राजधानीमा एक भव्य कार्यक्रम सहित सम्पन्न कार्यक्रममा काठमाडौँको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाही फष्ट रनरअपसहित मिस ट्यालेन्ट बन्दा गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्साल र रुषा नापित थर्ड रनर अप सहित मिस पर्शनालिटी र फोटोजेनिक अवार्ड जित्न सफल भए ।
प्रतियोगितामा वेष्ट स्किन सहित फोर्थ रनरअप दीपा लिम्वु हुन सफल भइन् ।
नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा, जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस ई–कलेज २०१६की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैङ्कका मोहिनी प्रधान र फिल्म निर्देशक जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल निर्णायक रहेको प्रतियोगितामा शीर्ष विजेताले ताज सहित थाइल्याण्ड टुरको लागि हवाइ टिकट, उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति लगायत बिभिन्न उपहार हात पारिन् । अन्य विजेताले पनि विभिन्न उपहार जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा