नेपाल आइडल ‘सिजन ३’ विजेताको वर्ल्ड टुर हुने
काठमाडौं । नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ ।
गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको ‘टप ३’ बिजेतालाई वल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपीवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले ‘टप ३’को वल्र्ड टुर यात्राबारे सम्झौता गरेका छन् ।
‘नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्ने माझ हामी उनीहरुलाई पुर्याउने छौँ,’ गृहेन्द्रले भने ।
कम्पनीले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा सञ्चालन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता