मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१४ महिनाकी बच्चीलाई खुवाउन अभिभावकसँग दुध किन्ने पैसा छैन, त्यसैले खुवाउँछन् दैनिक १.५ लिटर कफी

सोमबार, ०६ असोज २०७६, १३ : १८
सोमबार, ०६ असोज २०७६

एजेन्सी । इण्डोनेशियाको पश्चिमी सुलावेसी प्रान्तको तोरना लीमा गाउँको एक जना १४ महिनाको बच्ची हदीजाह दैनिक डेढ लिटर कफी खाएर हुर्किरहेकी छिन् ।

यो खबर बाहिरिएपछि कयैन आश्चर्यमा परे भने एउटा चिकित्सकको समूह उनको घरनै पुगे ।

खबर अनुसार बच्चीको अभिभावक आर्थिक रुपमा कमजोर भएका कारण छोरीलाई दुध किन्न पनि सक्दैनन् । त्यसैले तिनले आफ्नो बारीमा पाउने कफी दिइरहेका छन् ।

हदीजाहबारे समाचार बाहिरिएपछि पोलेवेसी हेल्थ एजेन्सीले बच्चीको गाँउ गएर तिनका आमाबुवासँग भेटघाट गरेको छ । भेटको क्रममा तिनले सानो बच्चीलाई कफी खुवाउन नहुने सल्लाह दिएका छन् ।

हदीजाहकी आमा अनीताले आफ्नो छोरीबारे बताउँदै भनिन्, ‘हामीसँग अर्को कुनै विकल्प छैन । हाम्रो आय यति कम छ कि हामी दुधजस्ता खाद्यान्न किन्न सकेनौँ । बुढाले जे जति कमाउँछन् त्यो घर चलाउनमै सकिन्छ । यस्तोमा कफी सस्तो छ र बच्चीलाई पनि यसको बानी पनि परेको छ । कफी नदिदाँ उनी रुन्छिन् र निराश पनि हुन्छिन् ।’

बच्चीका पिता सरीफुद्दीले पनि उही कुरा दोहोर्याए । ‘म जहाँ काम गर्छु त्यहाँबाट थोरै कमाई हुन्छ । त्यसले घरको आवश्यक चीजमात्र किन्न सकिन्छ । कहिलेकाहीँ काम नपाउँदा हामी बच्चीलाई कफी खुवाँउछौं । छोरीले यसलाई मन पनि पराउँछिन् ।’

यो घटना बाहिरिएपछि उनीहरुको घर पुगेका चिकित्सकले कफी बच्चाको लागि निक्कै हानिकारक भएको बताए । खास गरेर पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो झनै घातक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप