
फिल्म ‘पायल’को फष्टलुक

काठमाडौं – फिल्म ‘पायल’को फष्टलुक सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिको ब्यानरमा निर्मँण भएको फिल्म ‘पायल’ले फष्टलुकको रुपमा एकपोस्टर सार्वजनिक गरेको हो । फष्टलुक सामान्य नै छ ।
सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवारिक कथास“गै नारी संवेदनमा तयार भएको फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।
रिया श्रेष्ठ, ध्रुव न्यौपाने, भिम थेबे, राजकुमार लिङ्देन, उदय सुब्बा, यासेली योङहाङ, बबिता नेयोङहाङ, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण न्यौपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आले, मेख मगर, अजय खड्का आदि कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टिका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन, दिनेश माङमुको नृत्य र वीरेन्द्र श्रेष्ठ, विन्दु परियार, नुमा इङनाम, डा.सुजित यादवको स्वर छ ।
भीम थेबेको प्रस्तुती र आर पि दाहाल सह–निर्माता रहेको यो फिल्म डिसेम्बरको अन्तिम साता रिलिज हुने निर्देशन लिङ्देनले बताए । फिल्मकी निर्मात्री निर्मात्री कविता राई लिङ्देन हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ