ओमानसँग नेपाल ६ विकेटले पराजित
काठमाडौं – पाँच राष्ट्र सम्मिलत टी–२० सिरिजमा आयोजक ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ । ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
ओमानका सुरज कुमारले ४२ रन जोड । नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएजोडेको थियो । नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।
ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएका थिए । यस्तै सन्दीप जोरा शुन्य रनमा पोलिलियन फर्किए भने सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ र अभिनाष बोहरा २ रनमा आउट भएका थिए ।
ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए । हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र २ खेलमा मा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्ड र ओमानसँग पराजित हुन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा