मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

त्यही सम्पत्तिकी मालिक्नीको यो दुर्गति ! मबाट भयङ्कर गल्ती भयो भगवान्, मलाई क्षमा गर्नुहोस् !

मुन्सी प्रेमचन्दका कालजयी रचना : बुढी काकी
मङ्गलबार, २८ असोज २०७६, २३ : ५७
मङ्गलबार, २८ असोज २०७६

बुढ्याइँ प्रायः बालापनको पुनरागमन जस्तै हो । बुढी काकी पनि अहिले झण्डै अबोध बालक जस्तै अवस्थामा थिइन् । उनमा जिभ्राको स्वादबाहेक अरु चेष्टा खास बाँकी थिएन । आफ्ना कष्टतिर अरुको ध्यान तान्नका लागि रोइदिनुबाहेक अरु उपाय पनि थिएन । हात खुट्टा आँखालगायत सवै इन्द्रियले जबाफ दिइसकेका थिए । भुइँमा कुत्रुक्क बसिरहन्थिन् । घरपरिवारका कसैले उनको इच्छाविपरीत केही गरे भने, खाने बेला टर्‍यो खाना आएन भने, दिएका खानाले पेट भरिएन भने अथवा बजारबाट घरमा केही आयो उनलाई कसैले दिएन भने अनायास रुन थाल्थिन् । उनको रुवाइ साधारण थिएन । डाँको छोडेरै रुन्थिन् ।


एक जना भतिजोबाहेक उनको आफ्नो भन्नु कोही थिएन । 'सम्पत्ति मेरो नाममा गरिदिनुस् काकी, म तपाइँलाई सुखसित पाल्छु' भनेर धेरै फकायो । सुखानन्दको सपना देखायो । भगवानको कसम खायो । लौ त भनेर पास गरिदिइन् ।


उनका पतिदेव बितेको  वर्षौं भइसकेको थियो । छोराहरु थिए ती पनि कलिलैमा बिते । अव एक जना भतिजोबाहेक उनको आफ्नो भन्नु कोही थिएन । 'सम्पत्ति मेरो नाममा गरिदिनुस् काकी, म तपाइँलाई सुखसित पाल्छु' भनेर धेरै फकायो । सुखानन्दको सपना देखायो । भगवानको कसम खायो । लौ त भनेर पास गरिदिइन् । उनको जायज्येथाबाट उनलाई वर्ष दिन खान लाउन र चाडबाड मान्न प्रशस्त पुग्ने आयस्ता आउँथ्यो । घर राम्रै थियो । एक्लोपन बाहेक अरु सुखै थियो । अब भतिजो परिवार लिएर त्यहीँ बस्न आयो । बुढी काकी खुसी भइन् ।

समय बित्दै गयो । बुढी काकीले पेटभरी खाना पाउन छाडिन् । यसमा उनका भतिजा पण्डित बुद्धिरामको अपराध थियो अथवा उसकी अर्द्धाङ्गिनी श्रीमती रुपाको, यसको निर्णय गर्नु सजिलो थिएन । बुद्धिराम स्वभावको सज्जन थियो । आफ्नो सम्पत्तिमा आाँच नआएसम्म उसको सज्जनता कायम रहन्थ्यो । रुपा स्वभावले कडा थिई तर ईश्वरसँग डराउँथी । यसैले बुढीकाकीलाई रुपाको कडापन त्यति बिझाउँदैनथ्यो जति बुद्धिरामको सज्जनता बिझाउँथ्यो ।

 आफूले गरेका अन्याय अत्याचारवापत पछुताउने बानी बुद्धिरामको थिएन । काकीको सम्पत्ति पाएपछि बेला बेला ठान्थ्यो, बुद्धि पुर्‍याएँ । यसै सम्पत्तिले त भलादमी देखिन पाएको छु । साँच्चै अब उसको शान बढेको थियो । मौखिक आश्वासन र सुक्खा सहानुभूतिले काम चल्दासम्म उसलाई कुनै आपत्ति थिएन । पैसा खर्च गर्न पर्‍यो भने चाहिँ उसलाई खपिसाध्य हुन्थेन । घरमा कोही भलादमी मानिस आइपुगेर बसेको बेला बुढीकाकीले आफ्नो राग अलाप्न थालिन् भने बुद्धिराम रिसले आगो हुन्थ्यो र काकीनिर गएर जोरले हप्काउँथ्यो । किशोर उमेरका उसका दुई छोराहरुलाई घरमा बुढीकाकीको कुक्लुक्ढुक् बसाइ यसै त मन पर्थेन । त्यसमा पनि आफ्ना बाआमाले मन नपराएको देखेपछि मान्छे गन्नै किन पर्‍यो र ? कुनै बुढी काकीको कानमा चिमोटेर हाहा गर्दै दगुर्थ्यो, कुनै मुखभरी पानी राखेर बुढीका मुखमा पिचकारी छोड्थ्यो । बुढीलाई सताउँदा उनीहरुलाई रमाइलो लाग्थ्यो । बिचरी बुढी काकी बदलामा केही गर्न सक्दिनथिन् । अलापविलाप गरेर रुन्थिन् । छिमेकीहरु यी खन्चुवा बुढी जहिले पनि खानकै लागि रुन्छिन् भन्ठान्थे । यसैले उनका आर्तनादमाथि कसैको ध्यान थिएन । अत्याचार अति हुँदा क्रोधातुर बनेर कदाचित् काकीले ती केटाहरुलाई गालीदिन थालिन् भने रुपा रातोपिरो हुँदै घटनास्थलमा आइपुग्थी । बुहारीका डरले काकी सकेसम्म जिब्रोलाई नियन्त्रण गर्थिन् । अति हुँदा मात्र एकाध शब्द गाली फुत्कन्थ्यो । यद्यपि अत्याचार शान्तिका लागि रुनुभन्दा त कराउनु नै उचित उपाय थियो ।

https://www.thehindu.com

बुद्धिरामकी सानी छोरी पनि थिइन् तिनको नाम लाडली थियो । परिवारभरीमा लाडली एकजना मात्र बुढी काकीलाई अलिकति माया गर्थिन् । लाडली आफ्ना उपद्र्याहा दाइहरुसँग साह्रै डराउँथिन् । खाना चमेना खानुपर्दा बुढीकाकीसँगै बसेर खान्थिन् । काकीको कोटरी उनको रक्षागारजस्तै थियो । काकीको लोलुपताका कारण बिचरी लाडलीका लागि यो सङ्गत महँगो पर्थ्यो, तथापि छौंडा दाइहरुको अन्यायभन्दा त यही राम्रो थियो । आ-आफ्ना स्वार्थ अनुकूलताले गर्दा बुढीकाकी र सानी नातिनी लाडलीका बीच सहानुभूतिको बीउ रोपिएको थियो ।

साँझको समय थियो । बुद्धिरामका आँगनमा सनही बजिरहेको थियो । गाउँका बालबालिकाहरु विश्मयपूर्ण आँखाले गानाको रसास्वादन गरिरहेका थिए । चारपाइहरुमा पाहुनाहरु नाइबाट शरीर मसाज गराइरहेका थिए । नजिकै उभिएको भाट वीरुदावली भट्याइरहेको थियो । कुनै रसिक पाहुनाले वाह वाह भनिदियो भने फुरुङ्ग पर्थ्यो । त्यसै माहोलमा अंग्रेजी पढेका दुईचार युवक थिए । तिनीहरु यो व्यवहारबाट उदास थिए । यस गँबार मण्डलीमा सम्मिलित हुनु बोल्नु आफ्नो प्रतिष्ठाको प्रतिकूल ठानिरहेका थिए ।


बुढीकाकी आफ्नो कोटरीभित्र शोकमग्न विचार बसेजसरी जुम्लुङ्ग बसिरहेकी थिइन् । यो स्वादमिश्रित सुगन्धले उनलाई बेचैन बनाएको थियो । मनैमन सोच्दैथिइन् यिनीहरुले मलाई पूडीतरकारी दिँदैनन् होला । यति अबेर भइसक्यो । खोई भोजन लिएर कोही आउँदैन ।मेरो लागि त केही बाँकी नै नराख्लान् कि ?


आज बुद्धिरामको जेठो छोरो मुखरामको तिलक आएको थियो । यो त्यसैको उत्सव थियो । घरभित्र महिलाहरु गाइरहेका थिए । रुपा अतिथिहरुका लागि खानपानको व्यवस्थामा मग्न थिई । चुल्हामा ह्यामानका कराहीहरु बसालिएका थिए । एउटामा पुडी कचौडी पाक्दैथियो । अर्कोमा अन्य विभिन्न पकवान्न पाक्दैथिए । एउटा कराहीमा मसालेदार तरकारी पाक्दैथियो । घिउ र मसलाको क्षुधाबर्धक सुगन्ध चारैतिर फैलेको थियो । बुढीकाकी आफ्नो कोटरीभित्र शोकमग्न विचार बसेजसरी जुम्लुङ्ग बसिरहेकी थिइन् । यो स्वादमिश्रित सुगन्धले उनलाई बेचैन बनाएको थियो । मनैमन सोच्दैथिइन् यिनीहरुले मलाई पूडीतरकारी दिँदैनन् होला । यति अबेर भइसक्यो । खोई भोजन लिएर कोही आउँदैन ।मेरो लागि त केही बाँकी नै नराख्लान् कि ? यसरी सोच्दासोच्दै उनलाई मनमा रुन आयो । अपशकुनका डरले धितमर्ने गरी रुन पनि सकिनन् ।

अहा कस्तो मीठो बास्ना ! मलाई कल्ले के वास्ता गर्छ र ? जाबो सुक्खा रोटी त पेटभरी दिँदैनन् मलाई पूडीतरकारी के देलान् ? यो सोचेर बुढीकाकीलाई फेरि रुन मनलाग्यो । भित्रैबाट हुँक्क हुँक्क भएपछि रोक्नै गाह्रो । रुपाका डरले तैपनि सम्हालिइन् । रुन सकिनन् ।

बुढीकाकी अबेरसम्म यिनै दुःखदायी विचारतरङ्गमा डुबिरहिन् । घिउमसलाको सुगन्धले छिनछिनमा मनलाई भड्काउँथ्यो र नियन्त्रणबाहिर पुर्‍याइदिन्थ्यो । तरकारीको स्वाद सम्झेर मुखमा पानी भरिएर आउँथ्यो । पुडीको स्वाद सम्झेर हृदयमा कता कता काउकुती लागेर आउँथ्यो । कल्लाई पुकारुँ ? आज त्यो सानी लाडली पनि आइन । दुइटा छौँडाहरु सधैँ दु:ख दिएर हैरान पार्थे । आज तिनीहरुको पनि पत्तोपाइलो छैन । के के पाक्दैछ भान्छामा त्यो पनि थाहा पाइएन ।


बुढीकाकीका कल्पनामा ताताताता पुडीहरुका तस्विर नाच्न थाले । पुक्क पुक्क नरम नरम । रुपा थालीमा चाङ लाएर बाँडिरहेकी होली । कचौडीमा ज्वानो अलैँचीको बास्ना आइरहेको होला । एउटा पुडी पाए पनि हातमा लिएर ओल्टाइपल्टाई हेर्न हुन्थ्यो । गएर कराहीको नजिकै बसौं क्यार ।


बुढीकाकीका कल्पनामा ताताताता पुडीहरुका तस्विर नाच्न थाले । पुक्क पुक्क नरम नरम । रुपा थालीमा चाङ लाएर बाँडिरहेकी होली । कचौडीमा ज्वानो अलैँचीको बास्ना आइरहेको होला । एउटा पुडी पाए पनि हातमा लिएर ओल्टाइपल्टाई हेर्न हुन्थ्यो । गएर कराहीको नजिकै बसौं क्यार । पुडीहरु फटाफट तैयार हुन्छन् । कराहीबाट निकालेर गरमागरम पुडी थालमा चाङ् लगाएर राख्दै हुन्छन् । हररर बास्ना चलिरहेको हुन्छ । फूल त हामी घरमै पनि सुँघ्नसक्छौँ तर बगैँचामै गएर सुँघ्नुको मज्जा अर्कै हुन्छ । यसरी मनमनै अठोट गरेर बुढीकाकी टुक्रुक्क बसिन् र हातले चारपाइको डण्डी समातेर बडो कठिनसित तल ओर्लिन् । बिस्तारै घस्रँदै भान्छामा पुगेर कराहीनिर बसिन् । भोका कुकुरलाई खाना खाइरहेका मानिसका अगाडि गएर ढुक्न बस्दा जुन धैर्यको अनुभूति हुन्छ बुढीकाकीलाई अहिले त्यस्तै भएको थियो ।

रुपा त्यतिखेर कामले अस्तव्यस्त थिई । कहिले यस कोठामा त कहिले उस कोठामा । कहिले भन्छामा त कहिले भँडारमा । उसको लहबरी थियो । कसैले बाहिरबाट आएर भन्यो, भन्छेदाइले ठण्डइ माग्नुभा छ । उ ठण्डइ दिन लागी । यस्तैमा अर्को कसैले आएर भन्यो, भाट आएको छ, उसलाई केही खानेकुरा दिनुस् । भाटका लागि खाद्यथाली निकाल्दै थिई, तेस्रो मान्छे आएर भन्यो, अब खाना तैयार हुन कति समय लाग्छ ? ढोल मजिरा निकालिदिनुस् न । बिचरी एक्ली रुपा दगुर्दादगुर्दै व्याकुल भइरहेकी थिई । मनमनै भुटभुटिन्थी, दुःखी हुन्थी । रिस देखाउने अवस्था थिएन । छिमेकीले के भन्नेहुन् ? यत्ति काम पर्दा पनि भुलुक् भुलुक् उम्लन थाली भन्ने हुन् कि ? मनमा डरैडर थियो । पानी पिउनसम्म पनि फुर्सत् नपाएर घाँटी सुकिरहेको थियो । गर्मीले हपक्क भएर पिल्सेको शरीरबाट पसिना धारा छुटिरहेका थिए । पुछ्ने फुर्सत् थिएन । पानी पिउँ र एक्कैछिन पङ्खामुनि बसौँ कि जस्तो लाग्यो । आँट आएन । आँखा झिमिक्क गर्दा पनि सामान चम्पत हुने डर बेग्लै थियो । यस्तो वेला कराहीनिर बुढीकाकी टुक्रुक्क बसेको देखेर रुपाका टाउकामा आगो बल्यो । सहिसक्नु भएन । छिमेकी महिलाहरु बसेका छन्, पुरुषहरु पनि छन् के सोच्लान् के भन्लान् भन्ने कुनै होस रहेन । भ्यागुताले गँड्यौला देख्दा जसरी झम्टा हान्छ, ठीक त्यसै गरी झम्टेर बुढीकाकीलाई कर्‍याप्च्याप् पारी र कोटरीतिर हुत्ता लाउँदै भनी, ‘यस्ता अलच्छिनाका  पेटमा त आगो लाग्नु नि । कस्तो खाउँखाउँ हो त्यो ? कोठामा एकछिन पर्खेर बस्दा सास रोकिन्थ्यो ? अहिले पाहुनाले खाएका छैनन् । भगवानलाई भोग लागेको छैन । अहिल्यै आएर मेरो छातीमाथि चढ्न हतार भयो ? एकछिन पनि धैर्य राख्न नसक्ने कस्ती राकस्नी बुढी । यस्ताका जिभ्रामा त आगो सल्कनु नि । दिनभरी खान नपाएकी भए त अझ पाहुनाका भाग भागमै थुतुनो गाड्न पुग्दी हो । गाउँलेले देखे भने यस बुढीलाई पेटभरी खान पनि नदिँदा रहेछन् र सधैँ हाँ हाँ गर्दै घस्रन्छे पनि भन्लान् । कि घुत्रुक्क मर्नु कि यस्ता हन्तकाली बानी छोड्नु । हाम्रो नाममाथिको कलङ्क । हाम्रो नाक काटेरै छोड्ने भयौ हैन बुढी ? दिन दिनै थालकालथाल दाना हसुर्‍या पनि कहाँ भष्मखरानी भा हो । अझै बाँच्न मन छ भने खुरुक्क घस्रेर आफ्नो कोठामा जाऊ । घरका परिवारले खाने बेला भएपछि तिम्लाई पनि पठाइदिउँला । कसैका मुखमा पानी नपर्दै पूजा पुर्‍याउनुपर्ने तिमी कुनै देवीमाता त हैनौ नि बुढी, सुन्या हो ?’


कराहीनिर बुढीकाकी टुक्रुक्क बसेको देखेर रुपाका टाउकामा आगो बल्यो । सहिसक्नु भएन । छिमेकी महिलाहरु बसेका छन्, पुरुषहरु पनि छन् के सोच्लान् के भन्लान् भन्ने कुनै होस रहेन । भ्यागुताले गँड्यौला देख्दा जसरी झम्टा हान्छ, ठीक त्यसै गरी झम्टेर बुढीकाकीलाई कर्‍याप्च्याप् पारी र कोटरीतिर हुत्ता लाउँदै भनी, ‘यस्ता अलच्छिनाका  पेटमा त आगो लाग्नु नि । कस्तो खाउँखाउँ हो त्यो ? कोठामा एकछिन पर्खेर बस्दा सास रोकिन्थ्यो ?


बुढी काकीले मुन्टो उठाइन् । हेरिन् । केही बोलिनन् । चुपचाप घस्रँदै आफ्नो कोटरीतिर लागिन् । बुहारीको कठोर धक्का र आवाजले काकीको मन मुटु शक्ति बुद्धि सबै सोहोरिएर बाहिर निस्कने बाटो खाजिरहेको थियो । बहिरहेको नदीमा पहाडबाट बडेमानको पहिरो खसेपछि जसरी आसपासबाट ठाउँ बनाएर दगुर्न पानी उचालिन्छ । ठीक त्यस्तै ।

खाना तैयार भयो । आँगनमा आसन लाग्यो । पाहुनाहरु खान बसे । पूडी तरकारी खीरका पत्तलहरु तिनका अगाडि राखिए । दहीका बोहोताहरु राखिए । पाहुनाहरु खान थाले । लहरका केही पर पाहुनातिरका नाइ आदि सेवकगण पनि खाना खान बसे । चलन अनुसार सवैले खाइनसकी बीचमा जुठो पत्तल छाडेर कोही उठ्न पाइँदैनथ्यो । अतिथिगणमा २।४जना पढेलिखेका युवक थिए । तिनलाई यो सबै झ्याउ लागिरहेको थियो । चलनको यस बन्धनलाई फेद न टुप्पोको वाहियात परम्परा मानिरहेका थिए ।

बुढीकाकी कोटरीमा गएर पश्चात्ताप गरिरहेकी थिइन् । म किन यहाँबाट त्यहाँ गएँ ? के भएको मेरो बुद्धि ? काकीलाई रुपामाथि झोक चलेन । आफू हतारिएकोमा रही रही दुःख लाग्यो । ‘ठिकै त हो, जबसम्म पाहुनाहरु खाइसक्दैनन् घरवालाले खान मिल्दैमिल्दैन । मैले त्यति पनि धैर्य लिन सकिनँ । सबैका अगाडि मेरो छारस्ट भयो । अव कोही बोलाउन नआएसम्म जान्नँ । ’

मनैमन यसरी आफैलाई गाली गर्दै काकी बोलावटको प्रतीक्षामा रहिन् । घिउको रुचिकर बास्नाले काकीका धैर्यको परक्षिा लिइरहेको थियो । एक एक पल लम्बेतान युग जसरी बितिरहेका थिए । ‘पाहुनाहरु सबै आइसके होलान् । हातगोडा धुँदै होलान् । नाइ सबैका लोहोटामा पानी राखिदिँदै

होला । लाग्छ अब आँगनमा पाहुनाहरु यथास्थान खान बसिसके । तिनका अगाडि पुडी र परिकार आइसके । ज्यूनार गीत शुरु भइसक्यो ।’ यस्तै यस्तै सोच्दै मन भुलाउन काकी ओछ्यानमा पल्टिन् । एउटा गीत सम्झनामा आयो । बिस्तारै त्यही गीत गुनगुनाउन थालिन् । यस्तैमा उनलाई लाग्यो, ‘मैले गीत गाउन सुरुगरेको पनि कति बेर भइसक्यो । यति बेरसम्म पाहुनाहरु अझै खाइइरहेका नै होलान् र ?  खै कतै केही आवाज सुनिँदैन । मानिसहरु खानपीन गरेर हिँडिसकेका हुनसक्छन् । मलाई बोलाउन कोही आएन । रुपा रिसाएकी छ । बोलाउन मनै लागेन कि ? आफैं आउली भन्ठानेकी पो हो कि ? काकी कुनै पाहुना त हैन नि, किन बोलाउनुपर्छ भन्ने ठानी कि ?’ मनमा कुरा खेलाउँदा खेलाउँदै बुढी काकी पुनः भोजभएतिर जान तैयार भइन् । एकै मिनटमा मसालेदार तरकारी र पुडी अगाडि आउँछ भन्ने विश्वासले उनको स्वादेन्द्रिय गुदगुदाउन थाल्यो । मनैमन योजना बनाइन् —‘पहिले तरकारीसित पुडी खान्छु । अनि पछि दही सक्खरसित पनि पुडी खान्छु । कचौडी त अचारसित बढी स्वादिलो हुन्छ । कसैले ठीक मानुन् कि नमानुन् म त आज मागीमागी खान्छु । धित् मर्ने गरी खान्छु । मानिसहरु भन्लान् बुढी धेरै नै भोकाइछ । मुख बिटुलो मात्र गरेर त किन उठ्ने ?’

काकी पुनः हातटेकेर घस्रँदै आँगनसम्म आइपुगिन् । पुरानो स्वभावअनुसार उनको अभिलाषाले मिथ्या कल्पना गरेको थियो । आँगनमा पुग्दा पाहुनाहरु भर्खरै खान बसेका थिए । कोही स्वाद लिन औँला चाट्दैथियो । कोही अरुले के खाँदैछन् कसरी खाँदैछन् छड्के आँखा लगाएर हेरिरहेको थियो । कोही पत्तलबाट पुडी बाहिर सर्ला भनेर भित्र तान्दै थियो । कोही दही खाएर जिभ्रो फड्कार्दै थिए त कोही रायताका स्वादमा मस्त थिए । कोही भर्खर रित्याएका बोहोता समातेर सङ्कोच मान्दै थप दहीका लागि वितरकतिर हेर्दैथिए । यस्तैमा बुढी काकी घस्रँदै बीच आँगनमा आइपुगिन् । कति मान्छे त झस्कँदै जर्‍याक्जुरुक् उठे । कसैले आत्तिँदै करायो, ‘यो बुढी को हो ? कहाँबाट यहाँ आइपुगी ? हेर हेर कसैलाई छोली ।’


कोही पत्तलबाट पुडी बाहिर सर्ला भनेर भित्र तान्दै थियो । कोही दही खाएर जिभ्रो फड्कार्दै थिए त कोही रायताका स्वादमा मस्त थिए । कोही भर्खर रित्याएका बोहोता समातेर सङ्कोच मान्दै थप दहीका लागि वितरकतिर हेर्दैथिए । यस्तैमा बुढी काकी घस्रँदै बीच आँगनमा आइपुगिन् । कति मान्छे त झस्कँदै जर्‍याक्जुरुक् उठे । कसैले आत्तिँदै करायो, ‘यो बुढी को हो ? कहाँबाट यहाँ आइपुगी ? हेर हेर कसैलाई छोली ।’


त्यहाँ त्यसरी एक्कासि काकी आइपुगेकी देखेर पण्डित बुद्धिराम तिलमिलायो । पाहुनालाई बाँड्न हातमा लिएको पुडीको थाली हुर्र पार्दै भुइँतिर फ्याँकिदियो । जसरी कुनै निर्दयी साहूले भगौडा र बेइमान असामीलाई देख्दा झम्टन्छ, त्यसरी नै झम्टेर बुढी काकीलाई दुवै हातले कर्‍याप्च्याप् समात्यो । झाङ्गलझुङ्गल पार्‍यो, घिसार्दै लगेर अँध्यारो कोटरीभित्र हुल्यो र बाहिरबाट डयाम्म ढोका लगायो ।

पाहुनाहरुले खाना खाए । घरवालाहरुले पनि खाए । बाजावाला, धोवी, नाइ, चमार सवैले खाए । बुढीकाकीलाई कसैले सम्झेन । सोधेन । पण्डित बुद्धिराम र रुपा दुवै दिउँसोको निर्लज्जता बापत बुढीलाई सजाय दिन कस्सिएका थिए । काकीको बुढो उमेर, दीनता र बुद्धि नपुग्नुमाथि कसैको कुनै करुणा र सहानुभूति थिएन । बिचरी सानी बालिका लाडली मात्र बुढी काकीलाई सम्झेर मनमनै कुँढिइरहेकी थिई ।

लाडलीका मनमा काकीप्रति अत्यन्त माया थियो । बिचरी भोलीभाली बालिका थिई र पनि बालविनोद र चन्चलताको उसमा कुनै छेकछन्द थिएन । आज उसका बाआमाले बुढी काकीलाई दुई दुई पटक घिसारेको देख्दा हृदयको ऐंठन दबाउन उसले आँखा चिम्लेकी थिई । उ दुःखित भएर सोच्दै थिई ‘यिनीहरु काकीलाई खान मन लागे जति पुडी दिन किन सक्दैनन् ? यति धेरै पुडी पाहुनाले खाएर बुतिने होइन क्यारे ? पाहुनाले खानुभन्दा अगाडि बुढी काकीलाई दिएको भए के बिग्रन्थ्यो ?’ लाडली काकीनिर गएर धैर्य दिन चाहन्थी । आमाको डरले जान सक्दिनथी । उसले आफ्नो भागको पुडी एउटै पनि खाइन । आफ्नो पुतलीको सानो बक्सामा बन्द गरेर राखी । उ त्यो पुडी लगेर काकीलाई दिन चाहन्थी । उसको हृदय अधीर भइरहेको थियो । मनले भनिरहेको थियो, ‘बुढी काकी मेरो बोली सुन्नेबित्तिकै उठेर बस्नुहुन्छ । पुडी देखेर अति खुसी हुनुहुन्छ । मलाई धेरै माया गर्नुहुन्छ !’

सवैले खाइपिई सक्दा रातको ११बज्यो । रुपा त्यहीँ चारपाइमा सुती । लाडली पनि आमासँगै सुती । लाडलीका आँखामा निद्रा आएको थिएन । उसले पुतलीको बक्सा  आफूसँगै राखेकी थिई । काकीलाई पुडी खुवाउने इच्छाको खुसीले उसलाई सुत्न दिइरहेको थिएन । आमा अब निदाइिन् भन्ने विश्वास भएपछि लाडली बिस्तारै उठी र सोच्न थाली, ‘कसरी जाउँ ? चारैतिर अन्धकार थियो । चुल्होमा एउटा दाउरो निभ्ला निभ्ला जसरी बलिरहेको थियो । चुल्हानिरै एउटा कुकुर सुतिरहेको थियो । ढोकाअगाडिका निमको बोटमाथि लाडलीको आँखा पर्‍यो । उसलाई सम्झना आयो त्यहाँनिर हनुमान् बसेका छन् । हनुमान्को पुच्छर र गदा स्पष्ट देखिइरहेको थियो । डरले उसले आँखा चिम्ली । यत्तिकैमा कुकुर उठेर बस्यो । लाडलीलाई अलि ढाढस भयो । थुप्रै सुतेका मानिसका बदला एउटा जागा कुकुर उसका लागि निक्कै ठुलो आँटपाँटको आधार बनिदियो ।उसले बक्सा उठाई र सरासर कोटरीतिर लागी ।

बुढी काकीलाई यत्ति सम्झना थियो कि कसैले उनको हात समातेर घिसार्‍यो । फेरी यस्तो लाग्यो जस्तै कसैले पहाडतिर उडाएर लाँदैछ । उनका खुट्टा पटक पटक ढुंगामा ठोक्किए । त्यसपछि कसैले उनलाई पहाडबाट तलतिर हुत्यायो । पछार्‍यो । उनी बेहोस भइन् ।


‘सबै खाानपीन गरेर सुतिसके, सँगसँगै मेरो तकदीर पनि सुत्यो । रात कसरी कट्ला ? हे राम, के खाउँ ? पेटमा भोकको आगो दन्केको छ । हरे शिव,  मेरै आँगनमा यत्रो भोजभतेर सकियो । कसैले मेरो सँझना गरेन । म बुढीको पेट काटेर यिनीहरु कति धनवान् बन्लान् ?’


जब होस खुल्यो कतै कुनै चालचुल थिएन । मनमनै सोचिन्, ‘सबै खाानपीन गरेर सुतिसके, सँगसँगै मेरो तकदीर पनि सुत्यो । रात कसरी कट्ला ? हे राम, के खाउँ ? पेटमा भोकको आगो दन्केको छ । हरे शिव,  मेरै आँगनमा यत्रो भोजभतेर सकियो । कसैले मेरो सँझना गरेन । म बुढीको पेट काटेर यिनीहरु कति धनवान् बन्लान् ? यिनीहरुका मनमा मप्रति रत्तीभर पनि दया छैन । बुढिया कहिले मर्ली भन्ने मात्रै छ । मलाई किन यतिसारो चित्त दुखाउँछन् यिनीहरु ? मेरो हालत यस्तो छ । उठ्न हिँड्न सक्दिनँ । सुन्न बुझ्न पनि त्यति सक्दिनँ । म आँगनमा गएँ त के भो ? अहिले पाहुनाहरु खाँदै हुनुहुन्छ । एकछिनपछि आऊ काकी, भनेको भए के बिग्रन्थ्यो ? मलाई घिसार्‍यो । पछार्‍यो । त्यसै पुडीका लागि रुपाले पनि दुनियाँका अगाडि जथानाम भनी । त्यति पुडीका निम्ति यतिसम्म गर्दा पनि यिनीहरुका पत्थरको मनपग्लेन । सवैलाई खुवाए, खाए । मलाई सम्झेनन् । त्यति बेला दिएनन् त अब के देलान् ?’

यस्तै यस्तै सोच्दै काकी निराशामय सन्तोष लिएर सुतिरहिन् । ग्लानीले गला भरिएर आउँथ्यो । पाहुनाका डरले रुने आँट पुगेको थिएन ।

सहसा ढोका घुरुक्क खुल्यो । “काकी, उठ्नुस् मैले पुडी ल्याएकी छु !” मीठो आवाज कानमा पर्‍यो । काकीले लाडलीको बोली चिनिन् । हतार हतार उठेर बसिन् । दुवै हातले लाडलीलाई छाम्न खोजिन् । तानेर काखमा राखिन् । लाडलीले पुडी निकालेर काकीका हातमा राखिदिई ।

काकीले सोधिन्, “तिम्री आमाले पठाएकी हो ?”

“हैन काकी, यो मेरै भागको हो !” लाडलीले भनी ।

काकीको पेटले धैर्य गर्न सकेन । फटाफट पुडी खाइन् । पुडी सकियो । लाडलीले सोधिन् “काकी, पेट भरियो त ?”

जस्तै प्रचण्ड गर्मीका दिनमा एक छिनको हल्का वर्षाले गर्मी अरु थप्छ त्यसैगरी लाडलीका पुडीले काकीको भोक र स्वादिष्ट परिकार खाने इच्छा उत्तेजित पारेको थियो । काकीले भनिन्, “लाडली, जाऊ आमासित अरु पुडी मागेर ल्याऊ ।”

“आमा निदाइसक्नुभएको छ । ब्युँझाएँ भने मार्नुहुन्छ !” लाडलीले भनी ।

काकीले अँध्यारोमा छाम्दै अघि पुडी ल्याएको फुच्चे बक्सा उठाइन् । एक दुई टुक्रा खसेको भेटियो । निकालेर खाइन् । पटक पटक ओठ चाटिन् । जिभ्रो पड्काइन् ।

भोक निभेको थिएन । अरु पुडी खान मन तड्पिरहेको थियो । इच्छाको बहाव अपरिमित भएपछि मनको बाँध फुट्दोरहेछ । अम्मल खाने बानी परेकालाई अम्मलको सम्झनाले पनि अन्धो बनाइदिन्छ । काकीको अधीर मन इच्छाको प्रवाहमा उर्लेर बग्न थाल्यो । उचित अनुचित विवेक हराउँदै गयो । केही समय इच्छाको वेग रोक्ने प्रयत्नमा पनि लागिन् । आखिर सकिनन् र भनिन्, “लाडली, मलाई समातेर पाहुनाहरुले खाएका ठाउँसम्म लैजाऊ त !”

लाडलीले काकीको अभिप्राय बुझ्न सकिन । हात समातेर बिस्तारै आगनमा लगी । भोजका जुठा पत्तल उठाइएका थिएनन् । काकी त्यतै कतै बस्न खोजिन् । लाडलीले बसाइदिई । दीन, क्षुधातुर र हतज्ञान बिचरी काकी पत्तलहरुमा छाम्दै पुडीका टुक्रा टिप्दै खान थालिन् । दहीको बोहोता भेटेर चाटिन्, अहा कति स्वादिष्ट ! कचौडी कति नरम कति स्वदिलो ! खस्ता कति गज्जब ! काकी बुद्धिहीन भएकी थिइन् र पनि ठान्दै थिइन् ‘म जे गरिरहेकी छु यो मैले गर्नै नहुने काम गरिरहेकी छु । यस्तो त मैले कुनै पनि हालतमा गर्न हुन्थेन । म अरुको जुठो पत्तल चाटिरहेकी छु !’ तर के गर्ने ? तृष्णारोगको अन्तिम समय हो बुढ्याइँ । यस समयमा सम्पूर्ण इच्छाहरु एकै केन्द्रमा आएर थिग्रिन्छन् । बुढी काकीका लागि यो केन्द्र उनको स्वादेन्द्रिय हो ।

काकी पत्तल चाट्दै थिइन् । अचानक रुपाको निद्रा खुल्यो । ‘लाडली यहीँ सुतेकी थिई । छैन त ! कहाँ गइछ हँ ?!’ आत्तिएर उठी । ‘कतै तल खसेकी त छैन ?’ चारपाइका चारैतिर हेरी । कतै नदेखेपछि उभिएर यताउति हेरी । बीच जुठा पत्तलहरुका बीच चुपचाप बसेकी लाडलीलाई देखी । त्यहीँ बुढी काकीले जुठा पत्तल उठाउँदै चाट्दै गरिरहेकी पनि देखी । हृदय सननन्न भएर आयो । कसैले गाइको गर्धनमा छुरी चलाएको देख्दा एक गौभक्तको जुन अवस्था हुन्थ्यो त्यही भयो । एक बुढी ब्राह्मणी अरुको जुठो पत्तल चाटिरहेकी छ । यो भन्दा शोकमय दृश्य अरु के हुनसक्छ ? पुडीका केही टुक्राका लागि उसकी कान्छी सासु पतित र निकृष्ट काम गरिरहेकी छ । देख्ने मानिसको हृदय काँप्ने किसिमको दृश्य थियो यो । यस्तो लाग्थ्यो मानौं जमीन लगायत वातावरण टक्क रोकिएको छ, आकाश भुमरी बनेर फनफनी घुमिरहेको छ । संसारमा कुनै भयंकर आपतविपद् आइलाग्दैछ । यतिखेर रुपालाई रिस उठेन । शोकका अगाडि रिस उम्रनै सकेन । करुणा र डरले उसका आँखा भरिए । यो अनर्थको, यो पापको भागीदार को ? उसले सच्चा हृदयले आकाशतिर हात उठाएर भनी, “हे परमात्मा, हे भगवान्, हे ईश्वर, मेरा सन्तानमाथि दया गर्नुहोस् । यस अनर्थको सजाय मलाई नदिनुहोस् । नत्र त मेरो सत्यानाश हुन्छ !”

आफ्नो स्वर्थलम्पटता र अत्याचारको यो प्रत्यक्ष रुप रुपालाई यसअघि कहिल्यै देख्न परेको थिएन । सोच्न थाली, ‘हे भगवान्, म कति निर्दयी रहिछु । जसको सम्पत्तिबाट मलाई परिवार पाल्ने आयस्ता आइरहेको छ, त्यसै सम्पत्तिकी मालिकिनीको यो दुर्गति ! त्यो पनि मेरै कारणबाट ! मबाट भयङ्कर गल्ती भयो भगवान्, मलाई क्षमा गर्नुहोस् । आज मेरो छोराको तिलक थियो । सयौं मानिसले खाना खाए । म तिनीहरुका इशाराको कमारी बनेँ । आफ्नो ठान मान र शानका लागि सयौं रुपया खर्च गरेँ । परन्तु जसको हजारौंहजारको सम्पत्ति खाएकी छु, उसलाई यस उत्सवमा एक पेट खान दिइनँ ।यी बुढीमान्छेलाई असहाय देखेर यतिसम्म हेपेँ !!’

रुपाले चुपपचाप बत्ती बाली । भँडारको ढोका खोली । एक थालीमा सम्पूर्ण खाद्यसामग्री सजाएर लिँदै बुढीकाकीनिर आई ।

आधा रात बितिसकेको थियो । आकाशमा ताराका थाल सजिएका थिए । त्यहाँ बसेका देवगणहरु स्वर्गीय पदार्थ खाइरहेका थिए । तर तिनमा त्यसबाट कसैलाई परमानन्द प्राप्त भएको थिएन जुन परमानन्द बुढी काकीलाई बुहारीले दिएको थाली देखेर प्राप्त भयो । रुपाले घाँटीमा अड्कँदो आवाजले भनी, “काकी, सजिलोसित बस्नुहोस् । यो खाना खानुहोस् । मबाट आज भयङ्कर भूल भयो । नराम्रो नमान्नुहोस् । मेरो अपराध क्षमा गर्न भगवानसँग प्रर्थना गरिदिनुहोस् !”


रुपाले घाँटीमा अड्कँदो आवाजले भनी, “काकी, सजिलोसित बस्नुहोस् । यो खाना खानुहोस् । मबाट आज भयङ्कर भूल भयो । नराम्रो नमान्नुहोस् । मेरो अपराध क्षमा गर्न भगवानसँग प्रर्थना गरिदिनुहोस् !”


अबोध बालक मिठाइ पाएपछि जसरी भर्खरैको तिरष्कार, थप्पड सवै बिर्सन्छ, ठीक त्यस्तै यी बुढीकाकी पनि तमाम अपमान, हातपात र पीडा बिर्सेर थालीका परिकार पकापक खान थालिन् । उनका एक एक रोमबाट सहृदयता र सदिच्छा निस्किरहेका थिए । रुपा त्यहीँ बसेर यो स्वर्गीय दृश्यको आनन्द लिइरहेकी थिई ।

 बुढी काकीलाई आमाले दिएको मायाले सानी लाडली साह्रै कृतज्ञ बनेकी थिई र त्यो कृतज्ञता व्यक्त गर्न पछाडि उभिएर कलिला हातले आमाका जर्खरिएका कपाल सुमसुम्याइ रहेकी थिई । उसका आँखा र प्रसन्नता सबै तिनै बुढीकाकीमाथि पोखिइरहेका थिए ।

अनुवाद : शारदारमण नेपाल

Title Picture: http://ik.imagekit.io

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुन्सी प्रेमचन्द
मुन्सी प्रेमचन्द
लेखकबाट थप