शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनिश्चित बूढीगण्डकीः कर उठाको उठायै

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : १७
शुक्रबार, ०१ कात्तिक २०७६

बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो । 
 
उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन । 

आयल निगमका अनुसार घोषणा भएदेखि हालसम ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२/७३ देखि ‘स्वच्छ उर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् अयोजना’ का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप