टोनार्डोबारे पूर्व सूचना प्रणाली स्थापना गर्न सुझाव
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ ।
बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।
बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक गर्नु भएको सो प्रतिवेदनमा त्यस्ता खालको पूर्व सूचना प्रणालीले हावाहुरी, चटयाङसहितको विपत्तिबाट हुने क्षतिको न्यूनिकरण गर्न पनि सघाउ पु¥याउने जल तथा मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिए ।
बारा–पर्सामा आएको जस्तो मौसमी घटनाहरुबाट जनधनको क्षति न्यूनिकरण गर्न प्रदेश र स्थानीय तहमा पनि सावधानी अपनाउने गरी पूर्व तयारी पद्धतिको विकास गर्नुपर्ने सुझाव पनि सो प्रतिवेदनमा दिइएको छ ।
विभागका महानिर्देशक सरजुकुमार बैद्यको अध्यक्षतामा गठन गरिएको समितिले सो टोनार्डोको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा सो टोनार्डोको अधिकतम गति १८० देखि २६५ प्रतिघण्टा भएको अनुमान गरिएको पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा