शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केटी साथी धेरै हुनु नौलो होइन – गायक ध्रुव विस्को

शुक्रबार, २२ कात्तिक २०७६, १३ : १९
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । नेपाली सङ्गीतिक आकाशमा यतिबेला ‘ब्युटिपार्लर’ बोलको गीत चर्चामा छ । त्यो गीतका गायक हुन्– विस्कोको । यो उनको पछिल्लो गीत हो । यस अगाडि उनका ‘काग दादै’, ‘राइफल सिरानी’ लगायत गीत हिट छन् ।

सानैदेखि गीत गाउने विस्को २०७० बाट औपचारिक रूपमा गायनमा होमिएका हुन् । उनको पहिलो गीत ‘जलि सक्यो मेरो प्रिय गाउँ तिम्रो लागि’ थियो । ०७० मा रेकर्ड भएको यो गीतबाट उनी गायनमा चिनिएका थिए ।

२०६६ सुदूरपश्चिम आइडल विजेतासमेत बनेका विस्को डान्सिङ नम्बरका गीत पनि गाउन रुचाउँछन् । चरी चुच्चे च, तिम्रो जिरो फिगरले जस्ता गीत उनले गाएको डान्सिङ नम्बर हुन् ।

साङ्गीतिक क्षेत्रमा करिब ५ वर्षको अवधिमा उनले तीन दर्जन गीत गाइसके । यिनै गायक ध्रुव विस्कोलाई रातोपाटीका दस प्रश्न ।

किन रोज्नुभयो गायन ?

– सानैदेखि गीत गाउँन रुचि थियो । गाउँघर र स्कुलका कार्यक्रम पनि गीत गाउँथे । गीत गाउनु मेरो रुचिको विषय भएकाले पनि गायन राजेँ ।

अहिलेसम्मका अनुभवले भन्नुपर्दा गायन सजिलो रहेछ त ?

– गायनमा अगाडि बढ्न निकै गाह्रो छ । सङ्घर्ष र मिहिनेत धेरै गर्नुपर्छ । तर यो क्षेत्रमा अवसरहरू पनि प्रशस्तै छन् । राम्रो मानिसको साथ, सहयोग मिल्यो भने गाह्रो हुँदैन ।

गायकको सन्तुष्टि के रहेछ ?

– धेरै मानिसले चिन्छन् । विभिन्न कार्यक्रममा सहभागी हुन पाइन्छ । दर्शक, श्रोताले माया दिन्छन् । यही हो सबैभन्दा ठूलो कुरो ।

गायनमा लागेर जीवन चलाउन सकिन्छ ?

– राम्रोसँग गायनमा लाग्ने हो । निरन्तरता दिने र मिहिनेत गर्ने हो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ । जीवन चलाउन कठिन हुँदैन । मिहिनेत नगरी हाहुमा लाग्नेका लागि गायन क्षेत्र कठिन छ ।

गीतसङ्गीत के हो ?

– सङ्गीतमा लागेकाका लागि यो एउटा साधना र तपस्या हो । सर्वसाधारणले यसलाई सुख दुःखको सारथी भन्ने गर्छन् ।

पछिल्लो समय गायक गायिका आफ्नो गीतको भिडियोमा आफै देखिन्छन् । तपाईंको चाहिँ अभिनयमा रुचि छैन हो ?

– रुचि नभएको भने होइन । अहिले अभिनय गर्न मन नलागेर हो । गायक गायिकाले स्वरको अलवा आफूलाई चिनाउन अभिनय पनि आवश्यक छ । यो धेरैको बुझाइ पनि हो । त्यसैले गायक गायिका अभिनयमा देखिन थालेका हुन् ।

सपना ?

– सबैको रोजाइमा पर्ने, राम्रो प्लेब्याक सिङ्गर भन्ने सपना छ ।

मनपर्ने खाना ?

–नन् भेज आइटम धेरै मनपर्छ ।

घुमघाममा रुचि ?

– धेरै नभनौँ । अलि अलि छ । अहिले आफूलाई करियरतिर फोकस गरेको कारणले पनि होला । घुम्ने अवसरहरु पाएको छैन ।

गायकहरुको केटाभन्दा पनि केटी साथी धेरै हुन्छन् भनिन्छ, हो ?

– अहिलेसम्म त्यस्तो अनुभव छैन । करियर निर्माणको क्रममा भएर पनि होला । अर्काे कुरो गायकको केटी साथी धेरै र गायिकाको केटा साथी धेरै हुनु नौलो कुरो होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप