गुन्डा नाइके ‘बाघे’ सहित २३ जना रिहा भएलगत्तै पुन: पक्राउ
शुक्रबार, २९ कात्तिक २०७६, १९ : ००
काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा (बाघे)सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । जसमा बाघेसँग पाँच लाख र अन्य २२ जनासँग कूल २१ लाख धरौटि माग गरेको थियो ।
२३ जना धरौटि बुझाएलगत्तै उनीहरु पुन : पक्राउ परेका छन् । शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीहरुविरुद्ध अनुसन्धान गर्ने भएकाले प्रहरीले पुनः उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
बालुवा बिक्रीमा ठगी अभियोगमा यही कात्तिक १ गते बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा