शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जयललिता बायोपिकबाट कंगनाको लुक सार्वजनिक, सोशल मिडियामा भइन् ट्रोल

आइतबार, ०८ मङ्सिर २०७६, १० : ०४
आइतबार, ०८ मङ्सिर २०७६

कंगना रनौत आजकाल तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिता बायोपिकका लागि चर्चामा छिन् । यो फिल्म निकै लामो समयदेखि चर्चामा छ । कंगना फिल्मको सुटिङमा व्यस्त छिन् । हालै फिल्मबाट कंगनाको फर्स्ट लुक सार्वजनिक भएको छ । यससँगै फिल्मको भिडियो पनि भाइरल भइरहेको छ जसमा कंगनाको लुकका केही झलक देख्न सकिन्छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको फर्स्ट लुक शेयर गरेका छन् जसमा जयललिताको भूमिकामा कंगना देखिएकी छिन् । उनी हरियो पहिरनमा देखिएकी छिन् । फोटो सेयर गर्दै तरणले लेखे, ‘जयललिता बायोपिकको पहिलो झलक । थलाइवीको भूमिकामा कंगना रनौत । विजयको निर्देशन । विष्णु इन्दुरी र शैलेश आर सिंहको निर्माण । २६ जून, २०२० मा रिलिज हुने ।’

यसका साथै, भिडियो पनि सेयर गरिएको छ जसमा जयललिताको जीवनका दुई भिन्न पाटो देखाइएको छ । पहिलो उनको सुरुवाती अवस्था जब उनी नायिका बन्न चाहन्थिन् र दोस्रो जब उनले आफ्नो राजनीतिक करियरको सुरुवात गरेकी थिइन् । फिल्ममा कंगनाको लुकले मिश्रित प्रतिक्रिया पाइरहेको  छ ।

 कतिले उनको यो लुकका लागि ट्रोल पनि गरिरहेका छन् । एक व्यक्तिले एनिमेशन निकै खराब भएको बताएका छन् । यस्तै, अर्काले कुनै पुतली उभ्याइदिएको जस्तो भान भइरहेको पनि बताए । कतिले कार्टुनको तस्बिर तानिरहेका छन् । एक व्यक्तिले लेखेका छन्, ‘हामीलाई अम्मा (जयललिता) का लागि दुःख लागिरहेको छ । यो उनको बेइज्जती हो ।’

एकातर्फ कंगनाको लुकले नकारात्मक प्रतिक्रिया पाइरहेको छ भने अर्कोतर्फ केही मानिसहरुलाई कंगनाको यो रुप निकै मन परिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप