शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता पाँच खानेकुरा जसको सेवनले तपाईंको ज्यानसमेत जान सक्छ

आइतबार, ०८ मङ्सिर २०७६, १२ : ११
आइतबार, ०८ मङ्सिर २०७६

मानवताको इतिहासलाई पल्टाएर हेर्ने हो भने मानिसले विभिन्न प्रकारका जीव, वनस्पतिहरु खाएर आफ्नो जीवन गुजारा गर्दै आएका छन् ।

आज पनि संसारका थुप्रै विश्वविद्यालयमा विभिन्न खानेकुरा र त्यसको असरबारे शोध जारी छ ।

विभिन्न समुदायमा केही खानेकुरा खान रोक लगाइन्छ भने केही समुदायमा ती प्रतिबन्धित खानेकुरा निकै रुचीका साथ खाइन्छ ।

यी खानेकुराले मानिसको शरीर र मनमा पर्ने असरलाई यसको कारण मानिन्छ ।

पछिल्ला केही वर्षमा भएको शोधमा वैज्ञानिकहरुले यस्ता थुप्रै कुराको पत्ता लगाएका छन् जुन खाँदा मानिसहरु गम्भीर रुपमा बिरामी पर्न सक्छन् भने कतिपय अवस्थामा उनीहरुको ज्यान नै जान सक्छ ।

यहाँ यस्तै पाँच खानेकुराबारे जानकारी दिइएको छ जसबारे पूरा जानकारी नहुँदा यी खानेकुरा प्रतिबन्ध लगाइनुपर्ने धेरैले माग राखेका छन् ।

Photo: GETTY IMAGES

१. पफर माछाः

यो एउटा यस्तो माछा हो जसलाई साइनाइट विषभन्दा पनि बढि खतरनाक मानिन्छ ।

यो माछामा टेट्रोडोटक्सिन नामको विष हुन्छ जुन तीब्र गतिमा फैलिनका लागि परिचित छ ।

यद्यपि, यति खतरनाक हुँदा पनि यो माछा बनेको फुगु डिश  जापानमा निकै रुचाइन्छ ।

जापानमा फुगु डिशलाई सुपसँग पस्किइन्छ ।

तर यो डिश बनाउनका लागि थुप्रै वर्षको तालिम आवश्यकता पर्छ ।

यो बनाउने शेफ पनि वर्षौंको तालिमपछि मात्रै आफ्नो ग्राहकलाई यो डिश पस्कन सक्षम हुन्छन् ।

यो माछाबाट बनेको खानेकुरा ग्राहकसम्म पुग्ने बेला यसको विषालु अंग जस्तै दिमाग, छाला, आँखा, अण्डाशय, कलेजो र आन्द्रालाई हटाउनुपर्छ ।

Photo: GETTY IMAGES

२. कासू–मारजू चीजः

कासू–मारजू चीज इटलीमा निकै चर्चित छ । यो बनाउने बेला यसमा उड्ने किराको लार्भा राखिन्छ ।

केही समयपछि यी स–साना किराले चीजलाई यति नरम बनाइदिन्छ कि चीजको बीचका भाग क्रिमजस्तो हुन्छ ।

कासू मारजू चीज स्वादिष्ट त हुन्छ तर यी किरा नै हुन् ।

Photo: GETTY IMAGES

तर यो चीज खानु त्यति सहज पनि छैन ।

यो चीज खानेबेला तपाईंले किरालाई समात्नु पर्छ, किनभने स्थान पाउँदा यी किरा १५ सेन्टिमिटरसम्म उफ्रन सक्छन् ।

यस्तै, यसलाई संसारको सबैभन्दा खतरनाक चीज पनि बताइएको छ किनभने यदि चीजमा भएका किरा मर्छ भने यसको अर्थ यो चीज खराब भइसकेको मानिन्छ ।

यस्तो स्थितीमा यो खाँदा पेट खराब हुने, बान्ता हुने र झाडा लाग्ने आशंका हुन्छ ।

Photo: GETTY IMAGES

३. रुबार्बः

बेलायती पकवानमा प्रयोग हुने रुबार्बलाई पनि निकै खतरनाक मानिन्छ ।

तर यो कति विषालु छ भनेर मानिसहरुबीच बहस जारी छ ।

वास्तवमा, रुबार्बको पातमा ओक्सालिक एसिड हुन्छ जसले तपाईंको मृगौलामा पत्थरी बनाउन सक्छ ।

यो कुराको विरोध गर्ने मान्छेहरुले यो एसिड रुबार्बमा पनि हुने बताउँछन् तर रुबार्बको पातमा उक्त एसिडको मात्रा अत्यधिक हुने धेरैले बताउने गर्छन् ।

Photo: GETTY IMAGES

४. रातो सोयाबिनः

गेडागुडी स्वास्थ्यका लागि उत्कृष्ट हुन्छ भन्ने आम धारणा छ ।

तर यस्ता केही गेडागुडी छन् जुन खाँदा तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ ।

रातो सोयाबिन यस्तै गेडागुडीमध्ये पर्छ ।

यसमा प्रोटिन, फाइबर, भिटामिन र खनिज हुन्छ ।

तर यसमा एउटा यस्तो विशेष प्रकारको फ्याट हुन्छ जसलाई पचाउन निकै मुश्किल हुन्छ  ।

यो फ्याटलाई पचाउने क्रममा बान्ता हुने र अत्यधिक पेट पनि दुख्न सक्छ ।

यो खानु अघि १२ घण्टासम्म पानीमा भिजाउन आवश्यक छ । त्यसपछि नै यसलाई उमालेर प्रयोगमा ल्याउन सकिन्छ ।

Photo: GETTY IMAGES

५. जाइफलः

यो चर्चित मसला इन्डोनेशियामा पाइने रुखमा फल्छ ।

यो केही विशेष बिस्कुट बनाउन प्रयोग गरिन्छ ।

यसबाहेक यसलाई आलु, मासु र तरकारी बनाउनका साथै केही पेय पदार्थ बनाउन पनि प्रयोग गरिन्छ ।

यद्यपि, यो धेरै मात्रामा खाँदा उकुसमुकुस, पीडा, सास फेर्न समस्यालगायत देखा पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप