शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युुत प्राधिकरणको लापरवाहीले पोलमा तार जोडिरहेका मजदुरको करेन्ट लागेर मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, ०८ : ४४
सोमबार, १६ मङ्सिर २०७६

रौतहट । जिल्ला विद्युुत प्राधिकरण रौतहटको लापरवाहीको कारण एकजना मजदुरको करेन्ट लागेर मृत्युु भएको छ ।

माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको गएराति वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको ठेकदार रामकृत साहले बताएका छन ।

हिजो आइतवार दिउँसो ११ बजे जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर पाश्वानलाई करेन्ट लाग्दा उपचारको लागी वीरगञ्ज लगिएको थियो  ।

विद्युतको पोलमा तार जोडने क्रममा विद्युत प्राधिकरण गौरले कुनै जानकारी नदिइ अचानक लाइन दिएको कारण करेन्ट लागेर मृत्युु भएको ठेकदार रामकृत साहको भनाइ रहेको छ ।

उता, जिल्ला बिधुत प्राधिकरण गौरका प्रमुख उमेश यादवले घटना भएको क्षेत्र मौलापुर शाखा अन्तरगतको एरिया रहेकाले आफुुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

तर बिधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले करेन्ट लागेको क्षेत्र जिंगडवा लक्ष्मीनिया गौरको क्षेत्रमा रहेको बताउँदै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप