केन्द्रीय संस्करण

अपाङ्गता भएका मानिसहरुको सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्छ: उपराष्ट्रपति पुन

person explore access_timeमंसिर १७, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुका लागि संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिए ।

उनले नेपालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए ।

उनले अपाङ्गता भएका मानिसहरुको मानवअधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरि पनि स्टिफन हकिङजस्ता महान व्यक्तिहरुको जन्म हुने बताए  । पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...