महिला ह्याण्डबलमा भारतलाई स्वर्ण
कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न ह्याण्डबल प्रतियोगितामा भारतले स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको छ । यस अघि १२औँ सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो ।
भारतकै गुहावटीमा भएको १२औँ संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२औँ संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो । स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । किपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १र१ गोल जोडे ।
यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिए । कविता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३र३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कविता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।
बङ्गलादेशलाई कास्य
१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।
भारतको गुहावटीमा भएको १२औँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जीत निकालेको हो । १२औँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?