अब नाप नक्सा सम्बन्धी स्नातकोत्तर तहको पढाइ सुरु हुन्छ: मन्त्री अर्याल
काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएका छन् । भूमि प्रशिक्षण केन्द्रले नापनक्सा सम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन विषयमा आज (मंगलबार) काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।
नाप नक्सा सम्बन्धीप्रविधि अन्तराष्ट्रिय स्तरको बनाइने बताउँदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन् । गोष्ठीबाट अन्तराष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषया अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न मन्त्री अर्यालले आग्रह गरिन् । ‘हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौ । यस सन्दर्भमा हाम्रो देशको भ्रमण गर्नका निम्ती हार्दिक आग्रह गर्दछु’ मन्त्री अर्यालले भनिन्, ‘यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।’
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । दुई दिनसम्म गोष्ठी चल्ने गोष्ठीमा १५० बढी सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै