शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः भारी हिमपात र हल्का वर्षा

बिहीबार, २६ मङ्सिर २०७६, १० : १८
बिहीबार, २६ मङ्सिर २०७६

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

पूर्वानुमानका अनुसार देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भूभागमा सामान्य बदली हुनेछ ।

पश्चिम भेगका केहि स्थानहरुमा र  मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ  ।

पश्चिमि उच्च पहाडीसहित हिमाली भू–भागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।

यसैगरी आज (बिहीबार) राति  देशभरी नै सामान्यदेखि पूर्ण बदली भई पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ  । 

त्यस्तै, पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप