सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार
आइतबार, २९ मङ्सिर २०७६, १७ : ५५
काठमाडौं– आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ ।
आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यालयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।
सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले ए.टी.एम को उद्घाटन पनि गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत