शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा क्रिसमसको रमझम, २२ फोटोमा हेर्नुहोस्

शनिबार, ०५ पुस २०७६, १२ : ४५
शनिबार, ०५ पुस २०७६

लण्डन । हरेक देशमा आ–आफ्नै किसिमको धर्म, संस्कृति र रहनसहन हुने गर्दछ भने त्यसमा रमाउने पनि सबैका आ–आफ्नै तरिकाहरु हुनेगर्छ । 

त्यस्तै विश्वका हरेक शहरमा निकै उत्साहजनक रुपमा मनाइने धार्मिक पर्वका रुपमा लिइन्छ क्रिसमस । 

इसाई धर्मावलीहरुद्वारा मनाइने क्रिसमसको मुख्य दिनका रुपमा २५ डिसेम्बरलाई लिने गरिन्छ । जुन दिन येशू ख्रीष्टको जन्मदिन पनि हो । यही क्रिसमस माहोल र झिलिमिलीले धपक्क बलेको छ बेलायतको लन्डन । 

शहरका चोकचोक र सडकमा बत्तिहरु टांगिएका छन्, क्रिसमस ट्री सजाइएको छ । क्रिसमसको मुख्य आकर्षण सान्ता क्लज (क्रिसमसका पिता), क्रिसमस ट्री र रंगीबिरंगी झिलिमिली बत्तीहरुको सजावट नै हो । 

बेलायतमा डिसेम्बरको शुरुदेखि नै घर, पसल तथा सडकहरुमा झिलिमिली परेर सजाइन्छ, जसलाई जनवरी महिनामा पर्ने अंग्रेजी नयाँ वर्षसम्म राख्ने परम्परा छ । क्रिसमसलाई इसाईहरुले मात्र नभई गैर इसाईहरुले पनि धर्मनिरपेक्ष सांस्कृतिक उत्सवको रुपमा मनाउने गरेको पाइन्छ । एक आपसमा उपहार आदानप्रदान, खानपिन र आफन्तजनहरुसँग रमाउनु नै क्रिसमसको विशेषता हो ।

भिडियो हेर्नुहोस्

 लन्डनको हाइड पार्क कर्नरमा यतिखेर ‘विन्टर वण्डरल्याण्ड’ भनिने एक विशाल क्रिसमस मेला लागिरहेको छ जुन मध्य नोभेम्बरदेखि जनवरी पहिलो हप्तासम्म रहन्छ । युरोपकै आकर्षक मानिने यस मेलामा सर्कस, आइस शो, लाइभ म्यूजिक, विभिन्न किसिमका स्टल, लगायत थुप्रै बार तथा रेष्टुरेन्टहरु खुलेका छन् । 

विशेषगरी मेलामा केटाकेटीका लागि प्रशस्त मनोरन्जन साधन राखिने भएकाले यो स्थलमा बच्चादेखि वृद्धसम्म रमाउने गर्दछन् । अहिले लन्डनमा विभिन्न घरायसी तथा लत्ता कपडामा क्रिसमस सेल पनि लागिरहेको छ ।

कलेज, युनिभर्सिटी बिदा भइसके । क्रिसमस इभ डिसेम्बर २३ देखि झण्डै १ जनवरीसम्म क्रिसमस, बक्सिङ डे र नयाँ वर्ष मनाउने मुडमा हुन्छन् मानिसहरु । कार्यालयमा पनि चाप न्यून हुँदै गएको छ । 

शब्द तस्बिरः नरेन्द्र बस्नेत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप