आयुष्मान भारत कार्यक्रमबाट ७० लाख नागरिक लाभान्वित भएका छन् : प्रधानमन्त्री मोदी
लखनऊ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना स्वास्थ्य विमा कार्यक्रमबाट ७० लाख भारतीय लाभान्वित भएको बताएका छन् ।
बुधबार अटल बिहारी मेडिकल यूनिभर्सिटीको भवन निर्माणका लागि आधारशिला स्थापना कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले आयुष्मान भारत योजना ‘विश्वकै सवैभन्दा ठूलो कार्यक्रम’ भएको बताए ।
उनले भने, ‘कार्यक्रम शुरू भएको छोटो समयमा नै ७० लाख जनता प्रधानमन्त्री जन आरोग्य योजनाबाट लाभान्वित भएका छन् ।’ कार्यक्रमबाट लाभ लिनेमध्ये एघार लाख नागरिक उत्तर प्रदेशबाट रहेको पनि उनले बताए ।
स्वास्थ्य क्षेत्रका लागि केन्द्रीय सरकारले पहिलो रोगनिरोधी कार्यक्रम, दास्रो व्यहोर्नसक्ने स्वास्थ्य सेवा र तेस्रो आपूर्तिका पक्षमा हस्तक्षेप रहनेगरी कार्यक्रम अघि सारेको उनको भनाइ थियो । यसको अर्थ स्वास्थ्य क्षेत्रका सम्पूर्ण मागलाई सुनिश्चित गर्ने रहनेछ । अन्तिममा सरकारले विशेष लक्षित खालको कार्यक्रममार्फत सेवा प्रदान गर्नेछ ।
कार्यक्रममा प्रधानमन्त्री मोदीले पूर्व प्रधानमन्त्री तथा भाजपाका श्रद्धेय स्वर्गीय नेता अटल विहारी बाजपेयीको जन्मदिवसका अबसरमा लोकभवनमा निर्माण गरिएको शालिकको अनावरण गरेका थिए । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा