शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सधैँ शान्तिको पक्षमाः पर्यटनमन्त्री

शुक्रबार, १८ पुस २०७६, १२ : ५५
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैँ विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको बताएका हुन् । 

उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकतावद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने बताए । 

उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु-याउने बताए । 

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवर्द्धनमा सहयोग पु-याउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप