नवल खड्कालाई राष्ट्रवादी नायक सम्मान
काठमाडौं । नायक निर्माता नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन् । दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सव २०७६’मा उनलाई उक्त सम्मान दिइएको हो ।
कार्यक्रममा प्रदेश न.५ का माननीय सभामुख पूर्ण ब.घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।
कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए । मंगलबारबाट सुरु भएको महोेत्सव तीन दिनसम्म चल्नेछ । महोत्सव दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना भएको हो ।
नवल नेपाली चलचित्र क्षेत्रका नायक निर्माता हुन् । राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायत फिल्म निर्माण गरेका उनी अहिले सिमाना काढेतार अभियानका संयोजक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा