शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

आइतबार, २७ पुस २०७६, १३ : २७
आइतबार, २७ पुस २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका-९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका-७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् । 

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा.१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप