रेखाको फिल्ममा दयाहाङ र सौगात
काठमाडौं । केही समय फिल्म निर्माणमा सुस्ताएकी अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई लिएर उनले नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् ।
माघे संक्रान्तिको अवसर पारेर रेखाले सौगात मल्ल र दयाहाङ राईसँग नयाँ फिल्मका लागि टिमअप भएको खुलाएकी हुन् ।
रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्ममा सविर श्रेष्ठको निर्देशन रहनेछ । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने जुर्न बाँकी छ ।
यसअघि रेखाले रेनशा वान्तवा राई निर्देशन लिएर नयाँ फिल्म घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’मा व्यस्त रहेकोले त्यो अगाडि बढ्न सकेन । त्यसैले उनले यो फिल्म निर्माण अगाडि बढाउन लागेकी हुन् । केही पहिले ‘मालिका’ फिल्म बनाएकी सौगात र दयाहाङसँग गर्न लागेको फिल्म पनि नारी प्रधान हुने बताइन् ।
रेखाको नयाज् फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । फिल्मको लाइनअप बलियो बनाउन रेखाले सौगात र दयाहाङ लिन लागेका हुन् । कथावस्तुले नै दयाहाङ र सौगात मागेको रेअखाको भनाई रहेको छ ।
यस अगाडि रेखाले दयाहाङसँग फिल्म ‘नीरफूल’मा काम गरेकी छन् । दयाहाङ र सौगातले भने रेखाको फिल्म खेल्ने बिषयमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा