शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाट प्रमुख धार्मिक पर्यटकीय गन्तब्य

बुधबार, ०१ माघ २०७६, १९ : २३
बुधबार, ०१ माघ २०७६

चितवन । गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले देवघाटको एकीकृत बिकासका लागी गण्डकी प्रदेश सरकार लागि परेको बताएका छन् ।

माघे संक्रान्तिका अवसरमा देवघाटमा स्नान गर्न आएका मन्त्री लम्सालले रातोपाटीसँगको कुराकानीमा देवघाट देशकै महत्वपुर्ण पवित्र धार्मिक स्थल भएकाले पूर्वाधारको विकास गरी यसलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । 

उनले बागमती, गण्डकी र ५ नम्बर प्रदेश मिलेर एकिकृत बिकासको लागि प्रयास भइरहेको बताए ।
गण्डकी प्रदेश २०२२ मा २२ लाख पर्यटक ल्याउने योजनामा रहेको र  त्यो योजनामा धार्मिक पर्यटकीय गनतब्य स्थलका रुपमा देवघाटलाई महत्वपुर्ण रुपमा हेरिएको बताउँदै उनले देवघाट धाम नेपालीहरुको आस्थाको केन्द्र भएको बताए ।

हिमाल पहाड तराई सबै क्षेत्रका नेपालीहरुमा मकर संक्रान्तिमा एक पटक देवघाटमा स्नान गर्नैपर्छ भन्ने चाहना रहने गरेको र  स्नान गरेमा पवित्र भइन्छ भन्ने धार्मिक विस्वास पनि रहेको उनले बताए । यहि मान्यतालाई पर्यटनसँग जोड्ने गरी मन्त्रालयले बिशेष योजना समेत बनाएको बता मन्त्री लम्सालले जानकारी दिए ।

देवघाटमा धेरै समस्या रहेको बताउँदै उनले सबै समस्या समाधानमा आफूले बिशेष पहल गर्ने बताए ।

देवघाटमा झलुगें पुलको समस्या, शौचालयको अभाव, मन्दिरहरुमा नदिको कटानको समस्या रहेको र यी सबै समस्या अव तीनवटा प्रदेश मिलेर संयुक्त रुपमा हल गरी देवघाटलाई नमुना बनाउने उनले दाबी गरे ।

दाशढुङ्गादेखी देवघाटसम्म आउने बाटोको स्तरउन्नतीमा सरकारले ध्यान दिएको र देवघाटबाट बन्चरे पहाड हुँदै काली नदीको किनारै किनार स्याङ्जा निस्कने गरी बाटो बिस्तारमा प्रदेश सरकारको ध्यान गएको उनको भनाइ छ । 

सो अवसरमा देवघाट क्षेत्र बिकास समितिका निर्वतमान अध्यक्ष टंकनाथ पौडेलले देवघाटको बिकासका लागी त्रिकोणात्मक पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधार विकासमा पहल गरिदिन मन्त्री लम्साललाई आग्रह गरेका थिए । माघे संक्रान्तिमेला व्ययवस्थित र सुरक्षित भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।

सवारी ब्यवस्थापन, भीड ब्यवस्थापन, स्नान ब्यवस्थापन, सुरक्षा ब्यवस्थादेखि अन्य सबै कुराको ब्यवस्थापनमा सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन भएको र मेला निकै ब्यवस्थित रुपमा सम्पन्न भएको उनको भनाइ  छ ।

स्नानका लागि देवघाट आएका बृहत्तर जनकपुरधाम विकास परिषदका अध्यक्ष तथा पतन्जली योग पीठ नेपालका प्रमुख शालिकराम सिंहंले देवघाट नेपाल मात्र नभै भारतका नागरिकहरुको लागि पनि पुण्यभूमि भएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप