शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा नेपाल संघीय समाजवादीले नेकपा र राजपालाई सघाउने

आइतबार, ०५ माघ २०७६, १४ : २२
आइतबार, ०५ माघ २०७६

काठमाडौ । नेपाल संघीय समाजवादी पार्टीले माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा नेकपाका उम्मेदवरलाई मत दिने भएको छ । आइतबार नेकपा महासचिव विष्णु पौडेल, राजपा नेपालका संंसदीय दलका नेता महन्थ ठाकुर तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीबीच यस्तो सहमति भएको हो । 

तीन पार्टीवीच भएको २ बुँदे सहमतिमा ‘यही २०७६ माघ ९ गते प्रदेश नं. २ मा सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला तर्फका उम्मेद्वार तुलसा कुमारी दाहाल, दलित तर्फका उम्मेद्वार राधेश्याम पासवान र राष्ट्रिय जनता पार्टी, नेपालका अन्य तर्फका उम्मेद्वारहरु मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यक तर्फका उम्मेद्वार शेखरकुमार सिंहको पक्षमा मतदान गरी सघाउने’ उल्लेख छ ।  

त्यस्तै सहमतिको अर्को बुँदामा आगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान कार्य जारी रहनेछ उल्लेख छ । 

यसअघि यो प्रदेशमा नेकपा र राजपाबीच चारमध्ये दुईदुई सदस्य पदमा एकले अर्कोलाई सघाउने सहमति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप