एनजीओ/आइएनजीओलाई घर भाडामा नदिन विप्लव समूहको उर्दी
सोमबार, ०६ माघ २०७६, १२ : ५३
१
धनकुटा । धनकुटामा एनजिओ/आइएनजीओहरुलाई घर भाडामा नदिन विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै एनजीओ÷आइएनजीओलाई घरबाट हटाउन घरबेटीलाई अपील गरेको हो ।
जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउनका लागि यस्ता संस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ ।
‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले उक्त संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ । जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै