अवैध भट्टीमा प्रहरीको छापा, २० हजार लिटर मदिरा नष्ट
मङ्गलबार, ०७ माघ २०७६, ०९ : ४१
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।
पचास जनाको नेतृत्वमा गएको प्रहरी टोलीले कामीटारका भट्टीमा छापा मार्दा मदिरा बनाउन बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता, होटलबाट खेर गएका खानालगायतका फोहर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरेको फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको रोहबरमा उक्त बरामद मदिरा नष्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा